निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ स्थगित

 निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ ।

बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएको भन्दै आज शुक्रबारका लागि तय भएको प्रधानको सुनुवाइ स्थगित गरेको हो ।प्रस्तावित आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

उनले प्रधानले आफूलाई यौन दुव्र्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएका थिए ।उजुरीकर्तासँग छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाले बताए ।

उजुरीका विषयमा थप अध्ययन गरेपछि मात्र सुनुवाइ गरिने उनले जानकारी दिए ।