निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ
काठमाडौँ, २० असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताउनुभएको छ ।
नयाँ संविधान जारी भएपछि पनि सङ्घीय निजामती सेवा ऐन लामो समयसम्म संशोधन नहुँदा काम अगाडि बढ्न नसकेको उहाँले स्वीकार गर्नुभयो । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री जोशीले सङ्घीय निजामती ऐन जारी हुन नसक्दा कर्मचारीको सरुवा–बढुवा तथा अन्य काम कारबाहीमा जटिलता पैदा भएको मन्त्री जोशीको भनाइ छ ।
प्रतिक्रिया