कीर्तिपुरको मन्दिरबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

कीर्तिपुरको एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा इलाम फाकफुकथुङ गाउँपालिका-५ का २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षकै मनिराज मुखिया छन् ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जाल्पादेवी मन्दिरको हाताभित्रबाट पक्राउ गरेको हो । 

उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट अनुसन्धान भइरहेको छ ।