पोखरीमा डुबेर २ बालकको मृत्यु

 सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरको ६ वर्षीय छोरा संजल कुमार रहेका छन् ।

उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।