अहिले राजीनामा नदिनुहोस्, म सदन फेस गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएका छन्। 

राजीनामाबारे छलफल गर्न आज बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले आफू संवैधानिक अधिकार प्रयोग गर्ने अडान दोहोर्‍याएका हुन्। 

‘प्रधामन्त्रीले म विश्वासको मत लिन्छु। सदनलाई फेस गर्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्छु भन्नुभयो। अहिले राजीनामा नगरिदिनुहोस् भन्नुभयो’, रास्वपाका सचेतक सन्तोष परियारले सुनाए, ‘हामीले तपाईंको संवैधानिक अधिकारको सम्मान गर्छौं। त्यसो हो भने तपाईं चाँडै गर्नुहोस् भनेर भन्यौँ,