युवकलाई गोली प्रहार गर्ने दुई जना पक्राउ
![](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
काठमाडाै, २० असार : महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाल धनुषाको सबैला नगरपालिका ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका -२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् ।
पक्राउ परेका आरोपित दुवैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा दुबैजना यसअघि पनि विभिन्न मुद्दामा जेल चलान भएर छुटिसकेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।
गत जेठ २८ गते गौशाला नगरपालिका-५, मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । घटना महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।
घटनापश्चात आरोपित दुवैजनाले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका-६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ । दुबैजना १. प्र.२-००९ प २८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।
जेलबाट छुटेर फेरि अपराधकै बाटोमा
प्रहरीका अनुसार पक्राउ २ जना पटके अभियुक्त हुन् । विभिन्न मुद्दामा जेल परेका उनीहरु ०७९ मा कैद भुक्तानपश्चात रिहा भएका थिए ।
डीएसपी सन्तुलाल जयसवारका अनुसार शशीसंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० बर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएको छ । सुनिल भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए ।
महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेल पक्राउ परेका दुवैजना पेशेवर अपराधी रहेको खुलेको बताए । शशीशंकर र आशिषसहित लुटपाटका विभिन्न अपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य ३ जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
![अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अभियोगमा २ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_20181126115448_nUf8dCUdJV_3RMcI615aU_aMuTD5T5mR_dlpyechdsx6q5bflbkpdkgdsw6ipruitexk7mou8jzku0rmra54ae8q9n1jj_l4hFpC67Va_htuxf2kpffwrbj3p7kbqa0zru18ekui9au3aqvonao82j66yttzdlkgiil4m.jpg)
अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी अभियोगमा २ जना पक्राउ
![भारतमा नेपालीसहित ४ जनाको घाँटी रेटिएको अवस्थामा शव फेला](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
भारतमा नेपालीसहित ४ जनाको घाँटी रेटिएको अवस्थामा शव फेला
![अवैध लागूऔषध सहित ४ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_3fKKHhfPY7_x5fzmp1bghcyv3ddnca2dle93trqsdepbslirdokvrjjrd5irmqrbjfn0wap_GEJw8HmSiO_b1cgxtgjl7ls9naryyqr2ch6nanatf57j3ojxq5oorp1akovfs7wdzgxiibb.jpg)
अवैध लागूऔषध सहित ४ जना पक्राउ
![कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_qFDyQ70ql8_ohawbbucbb6cnkhjmvs5bgljusvbj20pxq3odofd7hgs0kgx20rb0puqlyzo_8iogIKZ38Y_vsuhl98euh50sycddvdz8osfij32nzh6k2rsq5zkav2hqglpxhlpoyplbzje.jpg)
कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ
![चक्कु देखाएर रकम लुटपाट प्रहरीले लुटेको रकमसहित २ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_iO5kM6aoGg_szuzwakrqi3u4bxphhywze0rkkm8spbhyljlmicleirmx7bsops7n5rympnh_zct5LIYEA0_7jf0szwheavkfnf8gjt3vrmpusyl5kdprjgxgmo5ri4ykobrmaefhtqunf05.jpg)
चक्कु देखाएर रकम लुटपाट प्रहरीले लुटेको रकमसहित २ जना पक्राउ
![सुन तस्करीको रकम भुक्तानीमा संलग्न रहेका पेवेल नेपाल र सजिलोपे पेमेन्ट संचालकमाथि ८१ अर्ब रुपैयाँको मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/sajilo-paywell_r3pJ6UnOiF_qbbwoyhye2dqqxlojqd0ltcovzflkayml7jjdqlg7nujhrow99tobstwngqf_7oEIM9eAU3_pdxl5o8bkintqgufmrnwbihqfq8tykvfsisi5hkrxbpdhsz0qveqr0pskkjj_jOTCm8zMRY_4enm7qhfcgeivovi10x9mxvxbzh6t8ecjcs30kdzfvjmawfaewder6usnxjs_Dfv5uyAEcW_i6e7ns2tbvld8ydtvl150ghjgajcrdyrrcn5atlcef8cci2lfzrymocej0oy.jpg)
सुन तस्करीको रकम भुक्तानीमा संलग्न रहेका पेवेल नेपाल र सजिलोपे पेमेन्ट संचाल…
![पोखरामा एनएमबी बैंकको एटिएम फोड्न खोज्ने पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/atm-pakraau2022-09-20-04-13-01_fRhpocTgMQ_qq0dtlwgci1gek6sdjh05enu3wiglda476jma4dmrzfs6i3phzfggfkpx3uo_DQBFREzIPK_n77vl9ufcymbttqib7l5dkhepa8zcelxofmwfhfrst59pv0xflj10thv0gby.webp)
पोखरामा एनएमबी बैंकको एटिएम फोड्न खोज्ने पक्राउ
![आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Sunchandi-lutpat-bahanama-five-arrested_Rp80rijxZo_dhjk4exyfsel3lm9zlrs7x6jlxrp39fcrr6ckz5syg2israakn5ey3tvvfme_aq1M98iS6n_npz67ec0twzaap2nsgaj92odjpvf8pbov8lnfbklil7k1pzbfeqpecoiqlji.jpg)
प्रतिक्रिया