वर्षासँगै बाढीको चिन्तामा कुतियाकबरवासी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Darchula%2520flood-landslide%2520(3)1662823652_YvXzMkNwoo_zlngczd6oq3ebggocbzyb491fa6lq9mbkjsswq8yw7mpb8uqhzjo4tqxyox8_sbJDAH5SKw_ydjv8w2wnukxdykrax7s4nitwo2bdsatd3t3i15ewxlc3ezhs1vqujwzo9kf.jpg)
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडाजोगबूढा नदीवारी आफन्तकहाँ राखेका छन् । लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् । ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ । बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुङ्गा छन् । “बर्सात सुरु भइसक्यो । कुन बेला बाढी गाउँ पस्छ केही पत्तो हुँदैन । त्यसैले सक्दो पूर्वतयारी गरेका छौँ”, स्थानीय दानबहादुर मगर भन्नुहुन्छ, “बर्सेनि बाढीले सताउँछ ।”
कुतियाकबरमा ४२ परिवारको बसोबास छ । महाकाली नदी र जोगबूढा नदीले घेरिएका यहाँका स्थानीलाई बर्सात लागेसँगै बाढीको चिन्ताले पिरोल्न थालेको छ । महाकाली नदीमा पक्की तटबन्धन नहुँदा बाढी सिधै बस्ती पस्ने गरेको स्थानीय वसन्ती सुनारले बताउँनुभयो । “जमिन कटान भएर बगरमा परिणत भइसक्यो । बाढीले अन्नपात सबै बगाएर लैजान्छ”, उहाँले भन्नभयो, “यो बाढीको समस्याबाट हामीले कहिले मुक्ति पाउँला ? बर्सातमा कुन बेला के हुन्छ भनेर राम्रोसँग खान र सुत्न पाइँदैन ।”
कुतियाकबर भारतसँग सीमा जोडिएको नेपाली बस्ती हो । बाढीको समस्या झेल्दै ज्यानको बाजी थापेर सीमामा नेपाली भूमिको जोगाएर बसेका कुतियाकबरवासीको पीडा सरकारले नसुनेको गुनासो छ । बाढीले ज्यान जोगाउनै मुस्किल पर्ने गरेको स्थानीय टेकबहादुर सुनार बताउनुहुन्छ । “महाकालीमा पक्की तटबन्धन हुँदा केही हदसम्म कटान र बाढीको समस्या कम हुन्थ्यो । तर तटबन्धनको लागि बारम्बार माग गर्दा पनि हाम्रो पीडा कसैले सुनेको छैन”, उहाँले भन्नुभयो ।
लामो समयदेखि सुरक्षित घरको माग गर्दै आएका यहाँका स्थानीयका लागि यसपटक दुई सुरक्षित घर निर्माण भएपछि स्थानीयलाई राहत भएको छ । कुतियाकबरका स्थानीय बासिन्दा बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी नगरपालिका–७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए ।
“बर्सात लाग्ने बित्तिकै डर त्रास हुन्छ । सेफ हाउस भएपछि बाढी आएका बस्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ज्यान जोगिने आशा जागेको छ”, स्थानीय मायादेवी सुनार भन्नुहुन्छ, “खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सुरक्षित घरले ज्यान जोगिनेमा ढुक्क छौँ ।”
![सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-06%2520214928_Z5YhoEvxlA_49x2vyix2cdoxgaevdtsye5cpi8gxnxsorebqpcckr18xw9p4yxgirxohthf_22jjH5BQ6Z_kywjs6y3hpkciinco6y9ttfsm9u5weqnu5eicwi3gh4cnzjizr4g37v2ztrg.png)
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे
![जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...](https://snowberry.prixacdn.net/media/gallery_folder/1720277688-qD9v3_nSOPOrGJ5E_wdksujnnmh3t79yzsxpcoeorbzhxyg9awymu7wj0wr4jksublxykycqkyn7e_T5EFOYGG1o_eqrw9uybjcjtw6uiixgy0ts1z99wlij3sggas9s2x1rdrggq5jedzd9gsn5x.jpg)
जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...
जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय
![आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/gggggggggggg_ijUBh7xZkF_kksrs0b0yca1q20txjxhcccm15xcxoazs4wmunb1tu5zrrwcgm8qmvflbmd5_gu4nDSlOJX_m5xdd1e21rrviyos7physg7evil90soiefjfe30f1c0o3j7vnsha279mkkg5.png)
आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chatyang._eGFKY2y7yv_fjf24eysonb8cricmuk4sszd3olu6xx2mcfp4gjptctvarcnyhz2kil4nnm6_LP9kt4wDfM_8kiph5ucbfkhjchbqjhsls9rbkvst7lhuvozfpdzj6xxdqwaiak7u3p9tzxi.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/india-morder_T90JwmqFYS_pic81arodehivrphpqkvsfw0mlh4emg1u8iesjq8uewoxxnhkbaw76na6lr8_Gg8n4e7gJg_terrwc8gheaaerohxmpqnaqc14qcdny9aljogbdaarep8jvqpxciwagc0va0.jpg)
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या
![दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/lamahi-meyor_Hj0pUfldEz_vhz6y9siivuljtnop5mu4jp8tlf9uxz8ook4jmhohaofcubbfrguflcorzei_e7AuRSeAHw_aq6ptkmkvlpuatndekhhzwu2sr4upbmev0bnzgsy89whz1ejvlkydnydouyb.jpg)
दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे
![काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_P4w2AzdbeD_qkbuapl0gxn1dfnnpwklnel3cgjgemselgjjk8t43lvzuvbaslcetjho2z5z_vWvSAnYLGd_uvlaaz0mxgrqzusiyykpsifvxlcj6xajia2xa2eapyy5lhhvnhomnyc57qzs.jpeg)
प्रतिक्रिया