गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्च अदालतमा आज जवाफी बहस हुने

पप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको आज पनि सुनुवाइ हुने भएको छ । अधिवक्ता अनुपम भट्टराईले लामिछानेको पद निलम्बन गर्न माग गर्दै दायर रिटमा मङ्गलवार बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । देशका विभिन्न सहकारीको रकम अपचलन गरेको विषयमा छानविन गर्ने निकायमा गृहमन्त्री लामिछानेले नेतृत्व गर्न नमिल्ने दाबी गरिएको छ ।

त्यस्तै महान्यायाधिवक्ताको कार्यालयले लामिछाने कुनै पनि सहकारी ठगी प्रकरणमा उनी संलग्न नभेटिएको भन्दै क्लिन चिट दिएको थियो । रिटमा महान्यायाधिवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।