नागढुंगा- नौबिसे सडक खण्ड दुई दिन बन्द हुने

काठमाडाैं- नागढुंगा- नौबिसे सडक खण्ड त्रिभुवन राजपथ दुई दिन बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ ।

राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर लन्च गर्ने कार्य हुने भएकोले बिहीबार र शुक्रबार तोकिएको समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेर अन्य साधन पूर्णरुपमा रोकिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।