तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/trail.jpg2022-09-29-12-09-25_RbzSeSrqB1_vjxjgjmra7t2wrixai3wozzcyx7u45sq4jbrisqwhmc2nmy1vou9picepzod_INJdrJMro8_akwbik9hjwvwptq1czqll9dqoxhplff55ayzklu9hxxz8jcjrtlrxhnrejax.jpeg)
यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिनुभयो ।
तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य बन्द थियो । सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यसपछि आयोगले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो ।
विसं २०७८ फागुन २७ गते तनहुँमा कार्यालय स्थापना भएको थियो । कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ जिल्लाबाटै सुरु गरेको थियो । यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो । कार्यालयले २०७९ सालको साउन १५ गतेदेखि लाइसेन्स नवीकरण पनि सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।
विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर सङ्कलन, ‘रुटपरमिट’, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको छ
![सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-06%2520214928_Z5YhoEvxlA_49x2vyix2cdoxgaevdtsye5cpi8gxnxsorebqpcckr18xw9p4yxgirxohthf_vUfbCJw0Zp_kmwlnks73kwrxgeggtrfseleloul997kmhvblshqugd1rbe2c3razkbea9pv.png)
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे
![जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...](https://snowberry.prixacdn.net/media/gallery_folder/1720277688-qD9v3_nSOPOrGJ5E_wdksujnnmh3t79yzsxpcoeorbzhxyg9awymu7wj0wr4jksublxykycqkyn7e_yqzWzZnHVx_gayy3rvbqo79dofrvhexjrintl2wwofxs2obexnqmzrbwcdutuooxofihb3h.jpg)
जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...
जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय
![आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/gggggggggggg_ijUBh7xZkF_kksrs0b0yca1q20txjxhcccm15xcxoazs4wmunb1tu5zrrwcgm8qmvflbmd5_87nEXmHAqQ_cz37aluqrp5cbb3bjurtduy6raqox1dekmcqfgejoecvrtbyjq0tpuzjj1us.png)
आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chatyang._eGFKY2y7yv_fjf24eysonb8cricmuk4sszd3olu6xx2mcfp4gjptctvarcnyhz2kil4nnm6_kLx7j8aVC3_cpfhe4m4ccvqacwzga1egb2niu3v5yf2wabu5dvvu3iweecqohmlgjovc34c.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/india-morder_T90JwmqFYS_pic81arodehivrphpqkvsfw0mlh4emg1u8iesjq8uewoxxnhkbaw76na6lr8_F0VQtWkNpK_z1ogdbgie5uuvkmw1waq22ztvrs6enr823uuhs4e7papklmguklhq6xh7kb9.jpg)
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या
![दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/lamahi-meyor_Hj0pUfldEz_vhz6y9siivuljtnop5mu4jp8tlf9uxz8ook4jmhohaofcubbfrguflcorzei_FvbnaOONeD_fjdzfvsxhhg8spcjvnms7m99yuponvhcgitmqxldbhz9hp4oowdrplsmq13u.jpg)
दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे
![काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_P4w2AzdbeD_qkbuapl0gxn1dfnnpwklnel3cgjgemselgjjk8t43lvzuvbaslcetjho2z5z_7slpK9dW6z_aqswk2celtey91ikoi6oh15bqglvar3guwfmbiexylxbawcrypyyd6unyzy6.jpeg)
प्रतिक्रिया