पहिराले बेनी–जोमसोम सडकमा यातायातसेवा प्रभावित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Beni_Jomsom_Road_q3zFLbL9gV_vuz9tfuh9hiyamwatpcbocldier0xermqiqr1ol27po4mfwlrejdrymomoyp_TQRymIAzlJ_cv9imfa8dujemoxxjxbz88tzdcqrbgazl4vzbaqj8iqmalkw10eq8zewrvxc.jpg)
म्याग्दीको रघुुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “रघुुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्”, बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घन्टा बैसरीको लाममा फस्नुभएका उहाँले भन्नुभयो, “अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूूर्ण बनेको छ ।”
मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताउनुभयो । “पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।” रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताउनुभयो ।
दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो । गत वर्ष बैसरीको पहिरोमा पुरिएर एक जना सवारी चालकको ज्यान गएको थियो । मङ्गलबार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा०२६च ७०५३ नम्बरको इको भ्यान पुुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुुइठेभिरमा गुुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो ।
पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन् । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख धु्रुवकुुमार झाका अनुसार १४ वटा पहिरो छन् ।
“पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “बर्खायाममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकलाई खटाएका छौँ ।”
सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो । बैसरी पहिरोको बुधबार स्थलगत निरीक्षण गर्नुभएका प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रुपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी दिनुभयो ।
![आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/gggggggggggg_ijUBh7xZkF_kksrs0b0yca1q20txjxhcccm15xcxoazs4wmunb1tu5zrrwcgm8qmvflbmd5_58PXSJWrpk_flzqh8d3ch9j3qfnbdcmxexgiwvvyjixgraqzssbfol5pixytjotwqen4rxr.png)
आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chatyang._eGFKY2y7yv_fjf24eysonb8cricmuk4sszd3olu6xx2mcfp4gjptctvarcnyhz2kil4nnm6_u42uKrJSSa_75hnrkkfh6yojfect4e0ls226cteah8aonahm1meqjekpw2a98s1xlaupw1b.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_17-21-41-568_r3AY7rED40_mwevyxuiq4v7smrxpvbj2olo3xrtx2kfbn8lsaaoyqnh5d67kx3mtg8psnci_R7tzm0RHgH_rl4qsnfei930yimfpjf2fagwnbds4s6c1iiafu04lexf9opr0wu7tklsqb7t.jpg)
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या
![दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/lamahi-meyor_Hj0pUfldEz_vhz6y9siivuljtnop5mu4jp8tlf9uxz8ook4jmhohaofcubbfrguflcorzei_dglbpm9iNh_7gcwqphdr79wzd9wjppvdurkdqskixm9mn4va7uisze2yxltblpqkbs2io3a.jpg)
दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे
![काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_P4w2AzdbeD_qkbuapl0gxn1dfnnpwklnel3cgjgemselgjjk8t43lvzuvbaslcetjho2z5z_m4kdK8WKSH_0er68xsiqblnrvcb1ouulwlcn0yprqtuyg1yremp4g6jvupteyebgraklbul.jpeg)
काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु
![नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो,](https://snowberry.prixacdn.net/media/gallery_folder/koshi%2520byaraj1691989558_QJnOL9ASne_pierscnuwh42jolydwcknyb4oq8twpu2v7uvll5hmyb0k9abvp67q66ffw6x_5FQkuLEUlI_iboce9wsgpxorno5epkok2q9oa8h4dhbnt5jybidivr3iuzj4r8804zyjple.jpg)
नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो,
![रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_17-21-41-568_dIAC32Q2Gx_lwjt7bbta2a4rzxa7ew2q5btsb99tayijznyojymbtsn2a9ts7nejvhb7zk5_nHDhDCMH0n_5keitmvinejfei5usjxyftnilq1rpa80nvemljuzammyckkzuroxpk2rtsge.jpg)
रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु
![एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि सम्मकालागि स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/nekapa-s-kendriya-commite-3_IAXn7prQiX_rqxmskjfkon6bby8gx4ow3h8e2kh12us8x6vzh0vuxwzzoinowccgh9qwhgr_14OZRbCdHq_7kzyaimdunifpoggt3yhizkz0ugm0u0jrciqtslrqpjjvozlhfax7ld6kd3a.jpg)
प्रतिक्रिया