मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन: सिआइबी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ciboffice_152616_xqcVR0bcJp_dCcTTd0LTd_xbp8mjncyditederybc10kmnug4xdyavxkpve4pp25brdgd0avurdf7dtwb3_sS1yBrW8yT_6bf4gxrobzigd7f16ijeog6afsivhaozrak37obnmzuktf0ob8p5kzlffoh8.jpeg)
काठमाडौँ, २० असार : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीले आज एक विज्ञप्ति जारीगरी विभिन्न व्यक्तिहरुको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी आएका समाचार सामग्रीको खण्डन गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सिर्जना गरी अराजकता फैलाउने उद्देश्यले कपोलकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको हुँदा त्यस्ता आधारहीन र अपुष्ट समाचाप्रति यस ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ ।”
अपराध अनुसन्धानसम्बन्धी प्रगति विवरण तथा व्यक्ति पक्राउ सम्बन्धमा भएगरेका सूचना यस ब्युरोले नेपाल प्रहरीले अवलम्बन गरेको मिडिया नीतिको अधीनमा रही सूचना अधिकारीमार्फत सूचना प्रेषित हुँदै आइरहेको जानकारी गराएको छ । सिआइबीले भनेको छ, “कुनै अनुसन्धान तथा प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी भ्रामक, कपोकल्पित र आधारहीन समाचार प्रसारण तथा प्रकाशन नगरिदिनु हुन ब्युरो सम्पूर्ण सञ्चारकर्मीमा अनुरोध गर्दछ ।”
![काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_P4w2AzdbeD_qkbuapl0gxn1dfnnpwklnel3cgjgemselgjjk8t43lvzuvbaslcetjho2z5z_m98VNk5czj_kpzes9aen4qrwjlzcy7ntfnpfstl2xvoy9i4h0scli84h4jfiy6odx41czeo.jpeg)
काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु
![नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो,](https://snowberry.prixacdn.net/media/gallery_folder/koshi%2520byaraj1691989558_QJnOL9ASne_pierscnuwh42jolydwcknyb4oq8twpu2v7uvll5hmyb0k9abvp67q66ffw6x_QmZwKWC9Ep_0agrzjpk202wsc2isxto19vwm2x8ytirqicnw4lyhb9ach1hyzcndbgobohz.jpg)
नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो,
![रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_17-21-41-568_dIAC32Q2Gx_lwjt7bbta2a4rzxa7ew2q5btsb99tayijznyojymbtsn2a9ts7nejvhb7zk5_5q69ankh0m_vwizoqjgb9c34n9ka3jqluc5pgq1xunbdal4xdbbtbsvwtnumzpl6cg1jefb.jpg)
रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु
![एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि सम्मकालागि स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/nekapa-s-kendriya-commite-3_IAXn7prQiX_rqxmskjfkon6bby8gx4ow3h8e2kh12us8x6vzh0vuxwzzoinowccgh9qwhgr_c9wQcMeVEc_4j3gon9thuf2zyzz6tgw1j7xx05zu84bp8cj0c7s0xvrapdoxbs9yzhmd5dm.jpg)
एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि सम्मकालाग…
![स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_17-21-41-568_VEtFko25bj_g8efe4lzontovk93tzmd1ubanv3emjwhggbcqqqx61ogsu8ia2dxw7oeapoa_F14JQetsvO_awvqy3c9jcxmytakgynx10wcduvdtruq0g4jpj2looelfygapl758zh7kelc.jpg)
स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते
![प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-shekhar_gK0KxG78Qw_YqTWQLDDuC_hln5qrnmcdtxmhbgvncbqcm2o684jm6qoqd8lsy9otbp1n2hp8rblnviqcqi_UXs3ooEjdY_iltghrzbdm0wrlooimowswl11hnncxuf2r5l9c7o7efzaqbrv0hktqi1um7b.webp)
प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_14-14-32-397_hxafjY3zjB_dwpyzrojfonyjnxzvdwfsbzfpsfdujvf4xlgh4psrt2oogbh2xyu6yczjthq_lqFWjj9o14_hg1nexusnefmzg2fo4czdskmb8bwuwb2n7mrjwhahwuqnkpxhspzcdpeageb.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![बहुजन समाज पार्टीका नेता आर्मस्ट्रङको हत्या आरोपमा आठ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-06%2520195606_CmVkgQgs05_o3zbgcrdqgaadtotpzgvzsrh5ef0xha17ckfmg1xydjfxif0aqbeox2oenps_4SOJ9cq417_tlmi8vzdm1jmps1raga9uw2davw6zncrtwuh4putb6tnqyowfmj9plliciag.png)
प्रतिक्रिया