प्रचण्डले सत्ताको चाबी अब ओलीलाई बुझाउने कि देउवालाई ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/barnanmedia.com_u9fL7mkTKl_7yraikhz1ywcee24mprr9hrdu9tduugoxodr3jfkwqnkrt3iidtazt09cfnv_03kDwtoSDN_bvmhostsfiozes6k2kqa4bbhr4qbzkk3pcowgfagsxajw5odvvbfqddhgqbf_cWrdUFeGOw_frtcundhqonymwq6tnuqtwxjbrjuonf5hhxtswuzjqpqitxqxov2bsqq6bhm_2htmsGTYI6_lsnkvr7vxoovi5i9mtqj4adk4orhpfd3s7hmzf9zmkfszfxwknmzusezodvn.png)
नयाँ सत्ता समीकरण बनाउने सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भनेर एमाले पंक्ति फुरुङ्ग देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको उत्साहमा उत्तोलकको काम गरिरहेका छन् ।
दुई ठूला पार्टी मिल्ने भए र मुलुक स्थायित्वको नयाँ अध्यायमा प्रवेश गर्यो भन्ने जबरजस्त भाष्य पनि बनाइँदै छ । मानौँ कि इतिहासमा यी दुई पार्टी कहिल्यै मिलेका थिएनन् र सत्ता साझेदारी पनि गरेका थिएनन् । अब यिनीहरु मिलेपछि मुलुकमा उल्काइ भइहाल्नेछ ।
तर यथार्थ के हो भने न ओलीले सहजै सत्ता प्राप्त गर्नेछन्, न त देउवाले ओलीलाई काँध थाप्ने कुरा नै पत्यारिलो छ । कांग्रेस र एमालेबीच सहमति भयो भनेकै आधारमा प्रचण्ड गलिहालेका छैनन् । प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्रका नेताहरू सहजरूपमा ओलीलाई सत्ता हस्तान्तरण गर्ने पक्षमा छँदै छैनन्। मंगलबार बिहान बालुवाटारमा पार्टी पदाधिकारीको बैठकपछि नेताहरूले दिएका प्रतिक्रिया ओलीप्रति आक्रोशपूर्ण छन् ।
हो, प्रमुख सत्तासाझेदार दल एमालेले साथ छाडिसकेपछि प्रचण्डले प्रधानमन्त्रीका रूपमा अब राजनीतिक वैधता गुमाइसकेका छन् । उनको लागि संसदीय गणित पनि प्रतिकूल भइसकेको छ । यद्यपि, संवैधानिकरूपमा उनले चाहेमा अझै ३० दिन सरकारमा बस्ने सुविधा छ । यस अवधिमा उनले विश्वासको मत जुटाउन कसरत पनि गर्न सक्छन् । राजीनामा दिनका लागि कसैले बाध्य पार्न सक्दैन । यो त स्वयं व्यक्तिको नैतिकताको कुरा मात्र हो ।
हो, स्वयं प्रचण्डका लागि चाहिँ अब एक मिनेट पनि सत्तामा बस्नु लाभदायक छैन । उनले जतिसक्दो चाँडो बालुवाटार छाड्यो, त्यसमै उनको हित निहित छ । सरकार सहज रूपमा छाड्दा नै उनको बचेखुचेको प्रतिष्ठा जोगिनेछ । राजनीतिक कद फर्केर कद हेर्नलायक रहनेछ ।
तर उनी सहजै छाड्नेवाला छैनन् । ओलीसँग बदला लिन हर सम्भव प्रयास गर्नेछन् । उस्तै परे राष्ट्रपतिदेखि विभिन्न शक्तिकेन्द्र परिचालन गरेर उनले कांग्रेसलाई एमालेबाट फुटाउन यही ३० दिनमा सम्भव तुल्याउनेछन् ।
उनले संसदबाट विश्वासको मत पाउन सकेनन् भने स्वतः संविधानको धारा ७६ को उपधारा ३ मा जाने तर्कमा राष्ट्रपतिलाई सहमत मात्र गराए पनि प्रचण्डले चाहेको काम तमाम हुनेछ । किनभने, हालको सरकार उपधारा २ अन्तर्गतको हो । यस उपधारामा दुई वा बढी दल मिलेर सरकार बनाउँछन् । यो उपधाराको सरकारले विश्वासको मत पाउन नसके स्वतः उपधारा ३ मा जाने तर्क आधारहीन पनि छैन । संविधानको धारा ७६ पढ्ने हो भने सहज रुपमा यही निष्कर्ष निकाल्न पनि सकिन्छ । संविधानको शाब्दिक व्याख्या पनि यही हो कि २ को सरकार असफल भए स्वतः ३ मा जान्छ ।
उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ । अबको ३० दिनभित्र प्रचण्डले विश्वासको मत लिने र उनी त्यसमा असफल भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले ठूलो दलको नेताको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर शपथ खुवाउन सक्ने पर्याप्त ठाउँ, आधार र तर्क छन् ।
विगतदेखिकै राजनीतिक धोकाधडीका सिलसिलासँग जोडेर हेर्दा पनि ओलीले सहजै सत्ताको चाबी पाउन सक्दैनन् र हुँदैन पनि । सबैभन्दा ठूलो दलको नेताका रूपमा देउवा नै प्रधानमन्त्री बन्नका लागि हकदार छन् ।
प्रचण्डजस्ता चतुर राजनीतिका खेलाडीले ओलीलाई जिल्याउन अनेक उपाय लगाइरहेकै होलान् । उनी अब आफ्ना लागि लाग्नुपर्ने पनि छैन । देउवालाई प्रधानमन्त्री बनाउन जब प्रचण्ड लाग्छन् भने स्वतः गत चुनावअघिको गठबन्धन ब्युँताउने बाटो हो । त्यसमा उपेन्द्र यादवदेखि माधव नेपालसम्मले साथ दिनेछन् । त्यसकारण पहिला उपधारा ३ अनुसार देउवालाई शपथ गराउने र त्यसको ३० दिनभित्र प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवहरूले समर्थन गर्ने नै अबको स्वाभाविक राजनीतिक कोर्स हुनेछ ।
![काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_P4w2AzdbeD_qkbuapl0gxn1dfnnpwklnel3cgjgemselgjjk8t43lvzuvbaslcetjho2z5z_FYmvZ4dWVl_mnlaee1subvvpkvgystul828l7n37up05n5omvwa2l1pxsezur5obwtrlxsk.jpeg)
काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु
![नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो,](https://snowberry.prixacdn.net/media/gallery_folder/koshi%2520byaraj1691989558_QJnOL9ASne_pierscnuwh42jolydwcknyb4oq8twpu2v7uvll5hmyb0k9abvp67q66ffw6x_u0ZjkCZwfT_ypnn35qem1iz9e3yqtexu688ijpwlg4g6zef6xw6kw3wsigvwyndduu80kgg.jpg)
नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो,
![रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_17-21-41-568_dIAC32Q2Gx_lwjt7bbta2a4rzxa7ew2q5btsb99tayijznyojymbtsn2a9ts7nejvhb7zk5_1BVxR4r0tq_aqaumwc5eeqnv17qvpgmi1v3devu7s531vh1pvflt4dhhdcbe0v4uihs7rhf.jpg)
रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु
![एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि सम्मकालागि स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/nekapa-s-kendriya-commite-3_IAXn7prQiX_rqxmskjfkon6bby8gx4ow3h8e2kh12us8x6vzh0vuxwzzoinowccgh9qwhgr_MIffoXxRkD_qajs7jpwv9u3okyipazbu4dyhxkvffbq7siebpnohj7ddgvuollvx9sxm4fx.jpg)
एकीकृत समाजवादीको महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटीको बैठक भोलि सम्मकालाग…
![स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_17-21-41-568_VEtFko25bj_g8efe4lzontovk93tzmd1ubanv3emjwhggbcqqqx61ogsu8ia2dxw7oeapoa_3ejqn81rhZ_gsblmi2romvii61cdiyudt8mpqaezgbfxlvkoqqch3iykl4a4hqzxkivwhtw.jpg)
स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते
![प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-shekhar_gK0KxG78Qw_YqTWQLDDuC_hln5qrnmcdtxmhbgvncbqcm2o684jm6qoqd8lsy9otbp1n2hp8rblnviqcqi_f45MiIs4pO_01dgryh8dzv1rv3xgod9u0meq0iourzk3y83rhd0j3x4bdjlxkv75cby9kac.webp)
प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_14-14-32-397_hxafjY3zjB_dwpyzrojfonyjnxzvdwfsbzfpsfdujvf4xlgh4psrt2oogbh2xyu6yczjthq_veoDHgckCp_yvngpz2lt01kkcgasta3mm8rchyw1lhdev2m4p1vowv72jm15tlbkbtrhqan.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![बहुजन समाज पार्टीका नेता आर्मस्ट्रङको हत्या आरोपमा आठ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-06%2520195606_CmVkgQgs05_o3zbgcrdqgaadtotpzgvzsrh5ef0xha17ckfmg1xydjfxif0aqbeox2oenps_iHPAizl6MA_0xckd5avwvwluqhmxtrxydqxag1a4hhk9kpbn7587iuwaw4eraxhd2l6dh9b.png)
प्रतिक्रिया