रविले प्रहरीको सरुवामा आईजीपीलाई डमी बनाएकाे महामन्त्री मुकुलकाे आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले नेपाल प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ‘डमी’ बनाउने गरेको आरोप लगाएका छन्। 

बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री ढकालले यस्तो बताएका हुन्। 

‘एआईजी बढुवा गर्दा एकदिनको बढुवा गर्दा आइजी थुपार्नुभएको छ। डीएसपीदेखि साराको बढुवामा आईजीलाई डमी आईजीको रुपमा प्रयोग गर्नुभएको छ,’ उनले भने। 

साथै, उनले रविको चरित्रबारे बुझ्न आईजीपी र गृहसचिवलाई सोध्दा हुने पनि बताए। 

‘नेपाल सरकारका दुईजना आईजीपी हुनुहुन्छ। गृहसचिव एकनारायण अर्याल हुनुहन्छ। त्यो भन्दा अगाडि उहाँसँग मेरै तहमा काम गरेका व्यक्ति हुनुहुन्छ। उहाँको काम गर्ने चरित्रबारे तपाईंहरूले बुझ्नुपर्यो,’ उनले भने।