सहकर्मी महिला वकिल बलात्कार मुद्दामा धरौटी माग

काठमाण्डौं १९, असार : तत्काल प्राप्त प्रमाणबाट कसूरदार हुनसक्ने देखिएकोले सहकर्मी महिला कानुन व्यवसायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका वकिलसंग काठमाण्डांैं जिल्ला अदालतले धरौटी माग गर्ने आदेश गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले तत्काल प्राप्त प्रमाणद्धारा कानुन व्यवसायी आशिष पौडेलले सहकर्मी महिला कानुन व्यवसायी बलात्कारको आरोपबाट सफाई पाउनसक्ने अवस्था नदेखिएको भन्दै धरौटी माग गर्ने आदेश दिएको हो । 

तत्काल प्राप्त प्रमाणद्धारा निर्दाेष हुनसक्ने अवस्था नदेखिएमा धरौटी माग गर्ने मुलुकी देवानी अपराध संहिता २०७४ को दफा ६७,६८ र ६९ का आधारमा धरौटी माग गर्ने आदेश दिएको हो ।
उनकै सहकर्मी महिला कानुन व्यवसायी (परिवर्तित नाम सिंहदरबार २६ग÷०८०।०८१) बाट जाहेरी दर्ता भएपछि असार ७ मा अधिवक्ता पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 
 
बलात्कार मुद्दालाई अदालतले कठोर ढंगले लिने गरेको पाइन्छ । हालैमात्रै सात बर्षको कैदको सजाय पाएका जिल्ला न्यायाधीश भुवन प्रसाद गिरीलाई पुर्पक्षको लागि थुनामा राख्न सर्वाेच्च अदाललते समेत आदेश दिएको थियो । नैतिक पतन देखिने फौज्दारी मुद्दामा सजाय पाएपछि मात्रै सम्बन्धित नियमनकारी निकायले सेवाबाट बर्खास्त गर्ने कानुनी व्यवस्था छ ।

अधिवक्ता पौडेलले केही बर्षअघि मात्रै कानुन व्यवसायमा दर्ज भएकी उनकी सहकर्मी (परिवर्तित नाम सिंहदरबार २६ग÷०८०।०८१) महिला कानुनव्यवसायीलाई काम छ आउंछु भन्दै गएर बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् भने किटानी जाहेरीको आधार देखाउ“दै प्रहरीले अदालतसंग अनुसन्धानका लागि पौडेललाई थुनामा राख्न अनुमति माग गरेको थियो । 

युवा महिला कानुन व्यवसायीलाई कामको अवसर दिने भन्दै पौडेलले पटकपटक आफ्नो फेसबुक पेज मार्फत विज्ञापन गर्दै आएका थिए । उनै  पौडेलले महिला कानुन व्यवसायीलाई फर्ममा आकर्षित गर्दै यौन शोषणको प्रयास गर्ने गरेको पनि पिडित महिला अधिवक्ताले प्रहरीलाई बताएकी छन् । 

पौडेलले फेसबुक विज्ञापनमा नै ३० बर्षभन्दा कम उमेर समूहका एलएलवी र एलएलएम गरेका महिला कानुन व्यवसायीलाई प्राथमिकता दिइएको प्रचार गर्दै आएको कुरालाई कानुनवृत्तले अर्थपूर्ण रुपमा लिएको छ । पौडेलको फेसबुक पेज हाल लक्ड छ । 

फेसबुक, ट्वीटर र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा राम्रो फोटो भएका महिला कानुन व्यवसायीलाई पौडेलले फ्रेण्ड रिक्वेस्ट पठाउ“ने गरेको र कानुन पढ्दै गरेका युवतीहरुलाई समेत रिक्वेस्ट पठाएर हैरानी दिलाएको विद्यार्र्थीहरुले आफ्ना अभिभावकहरुलाई बताउने गरेको पनि एक कानुन व्यवसायीले बताए ।