वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

कांग्रेस र एमाले मिल्दा छटिपटीमा प्रचण्ड, रविमाथि सहकारी ठगीको तरबार

कांग्रेस र एमाले मिल्दा एक तिर, दुई शिकार भएको छ। पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भइसकेको छ। जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। त्यसपछि आलोपालोका आधारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।

 

तर, यसरी पहिलो र दोस्रो दल मिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छटिपटिमा परेका छन्। ३२ सिट भएर पनि प्रचण्ड डेढ वर्षदेखि प्रधानमन्त्री थिए। सुरुमा उनी प्रधानमन्त्री बन्न नपाउने भएपछि एमालेसँग मिल्न गए। डेढ महिनामै गठबन्धन फेरेर फेरि कांग्रेससँग मिले। पछिल्लो ६ महिनादेखि एमालेसँग मिलेर सरकार चलाइरहेका प्रचण्ड आफूलाई जादुमय बताउने गरेका थिए। र, यो सरकार आगामी निर्वाचन अर्थात् ०८४ सम्म जाने बताइरहेका थिए।

https://barnanmedia.com/news/detail/181477/

प्रचण्डले सत्ताको चाबी अब ओलीलाई बुझाउने कि देउवालाई ?

नयाँ सत्ता समीकरण बनाउने सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भनेर एमाले पंक्ति फुरुङ्ग देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको उत्साहमा उत्तोलकको काम गरिरहेका छन् । दुई ठूला पार्टी मिल्ने भए र मुलुक स्थायित्वको नयाँ अध्यायमा प्रवेश गर्‍यो भन्ने जबरजस्त भाष्य पनि बनाइँदै छ । मानौँ कि इतिहासमा यी दुई पार्टी कहिल्यै मिलेका थिएनन् र सत्ता साझेदारी पनि गरेका थिएनन् । अब यिनीहरु मिलेपछि मुलुकमा उल्काइ भइहाल्नेछ ।

तर यथार्थ के हो भने न ओलीले सहजै सत्ता प्राप्त गर्नेछन्, न त देउवाले ओलीलाई काँध थाप्ने कुरा नै पत्यारिलो छ । कांग्रेस र एमालेबीच सहमति भयो भनेकै आधारमा प्रचण्ड गलिहालेका छैनन् । प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्रका नेताहरू सहजरूपमा ओलीलाई सत्ता हस्तान्तरण गर्ने पक्षमा छँदै छैनन्। मंगलबार बिहान बालुवाटारमा पार्टी पदाधिकारीको बैठकपछि नेताहरूले दिएका प्रतिक्रिया ओलीप्रति आक्रोशपूर्ण छन् । 

https://barnanmedia.com/news/detail/181476/

सर्वाेच्चमा दश प्रतिशत मुद्दा फैसला

 सर्वाेच्च अदालतमा मंगलबार पेशीमा तोकिएका मुद्दामध्ये दश प्रतिशत मुद्दाको फैसला भएको छ ।

बुधबार साप्ताहि पेशी सूचि र दैनिक पुरक सूचिमार्फत पेशीमा चढेका ४ सय १ मुद्दामध्ये जम्मा ३७ वटा मुद्दा फैसला भएका छन् । यो संख्या दश प्रतिशतभन्दा कमै हुन्छ ।

मंगलबार न्यायाधीशद्धय नहकुल सुवेदी र विनोद शर्माको इजलासले रिट निवेदनको सुनुवाई गरेका थिए भने उनीहरुको इजलासबाट बन्दीप्रत्यक्षीकरण, राजस्व चुहावट लगायतका मुद्दा पेशीमा चढी सुनुवाई भएको छ ।

न्यायाधीशद्धय कुमार चुडाल र टेक प्रसाद ढुंगानाको इजलासबाट पांचबर्ष नाघेका रिट निवेदनहरुको सुनुवाई गरेको छ भने न्यायाधीशद्धय मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले पांचबर्षअघिका कर्तव्यज्यान, जबर्जस्ती करणीको मुद्दाको फैसला गरेको छ । हामीले नियुमित रुपमा सर्वाेच्चको कामको प्रगति समीक्षा गर्ने क्रममा अभियानका मुद्दा पेश भएका दिन प्रगति न्यून अवस्थामा रहेको फेला पारेका छौं ।

https://barnanmedia.com/news/detail/181489/

बालमन्दिर जग्गा भाडा प्रकरणमा समाजसेवी कोनेलाई हाजिर जमानीमा छाडियो

नेपाल बाल संगठन (बाल मन्दिर) का पूर्वमहासचिव रामकाजी कोनेलाई उक्त संस्थाको जग्गा भाडा प्रकरणमा हाजिर जमानीमा छाडेको छ । कोने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानलाई सघाउन बुधबार आफै उपस्थित भएका थिए । 

सीआईबीमा उपस्थित भएपछि सामान्य सोधपुछपछि उनी प्रहरी टोलीसँगै काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पुगेका थिए । त्यहाँ सरकारी वकिलको रोहबरमा सीआईबीले सोधपुछ गरेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि कोनेलाई हाजिर जमानीमा छाडिएको हो ।
कोने प्रसिद्ध पर्यटन व्यवसायी एवं समाजसेवी हुन् । उनी नेपाली भाषा तथा साहित्यको सेवामा पनि समर्पित छन् । विभिन्न २१ वटा सामाजिक संस्थामा उनी क्रियाशील भइसकेका छन् ।

नेपाल बाल संगठनमा उनी २०५५ देखि २०६० सालसम्म आबद्ध रहे । ०५८ सालसम्म उनी कोषाध्यक्ष थिए भने त्यसपछिको एक वर्ष महासचिवका रुपमा काम गरे । उनी जति समय रहे, त्यस अवधिमा उनले निःस्वार्थ सेवा गरेको कुरा उनलाई चिन्ने जोकोहीले भन्ने गर्छन् ।

https://barnanmedia.com/news/detail/181488/

कालीकोटमा १३ वर्षीया दृष्टिविहीन किशोरी बलात्कृत

नरहरिनाथकी १३ वर्षीया दृष्टिविहीन किशोरी बलात्कृत भएकी छन्। घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर-८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले आरोप लगाएका छन्।

आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरी सदरमुकाम मान्म ल्याएको थियो।जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार सुस्त मनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरिएकाे थियो। "आफन्तको जाहेरी परेपछि हामीले आरोपितलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्दैछौं। बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ।" उनले भने।

राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष उप्रेती पक्राउ

राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।

उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ गरेको हो। उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक पनि हुन्। 

सशस्त्र प्रहरीका असई विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

 जिल्ला अदालत महोत्तरीले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको श्रेस्तेदार नुतन झाले जानकारी दिइन् । उनका अनुसार आगजनी मुद्दामा पाँच हजार धरौटीको आदेश दिइएको छ ।

एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ। 

विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो। सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए। सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ।

यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ। विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर शिवाकोटी पुर्पक्षका लागि थुनामा

 बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको  मुद्दा दायर गरेको थियो ।बालिकालाई  काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

लागु औषध कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

१ किलो २४७ ग्राम लागु औषध कोकिनसहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा तान्जानियन नागरिक बर्ष ४६ का RAMADHANI SIMBA MWABUMBA र बर्ष ५२ का TWALIB KIPEVU PASHUA रहेका छन् । उनीहरुलाई राजधानीको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको लागु 
औषध नियन्त्रण ब्युरोले जनाएको छ । 

समय समाचारहरूमा आएअनुसार कसैलाई पक्राउ गएका छैनौँ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो समय समाचारहरूमा आएअनुसार कसैलाई पक्राउ गर्न प्रहरी नखटाइएको बताएको छ।

ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचारहरूमा आएअनुसार कसैलाई पक्रन प्रहरी नखटाइएको जानकारी दिएको हो।

सिआइबीले कसैलाई पक्राउ गर्न प्रहरी पठाएको भन्ने कुरा भ्रामक रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

 सबैको मनपर्ने खाजा मध्ये एक हाे पानीपुरी ! यदि तपाई पनि पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईलाई निराश बनाउन सक्छ । किनभने कर्नाटकबाट एउटा डरलाग्दो खबर बाहिर आएको छ, जसमा त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको पाइएको छ ।

याे विषयमा कर्नाटकमा स्वास्थ्य विभागको सर्वेक्षण गरिएको थियो, जसमा धेरै नमूनाहरूले खाद्य सुरक्षा मापदण्डहरू पूरा गरेनन्। पानीपुरीमा क्यान्सर निम्त्याउने तत्वको प्रयोगबारे अनुसन्धान भइरहेको बताइएको छ, किनभने धेरै यस्ता केमिकलहरू भेटिएका छन् जसले शरीरका

अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक विदेशी दम्पती पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक विदेशी दम्पती पक्राउ परेका छन् ।

भारतीय मूलका अमेरिकी नागरिक ७० वर्षीय जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र उनकी श्रीमती ६३ वर्षीया प्रतिमाबेन जयन्तीभाइ लिम्बाचियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग एरियामा चेकिङ गर्दा ह्याण्ड ब्यागमा अवैध विदेशी मुद्रा फेला परेपछि उनीहरू पक्राउ परेका हुन् ।

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

 नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् । उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे । नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए । उनले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गरे । भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन् ।