एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाए

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाएका छन् ।

सत्ता समीकरण फेरबदल भएपछि एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीलाई अध्यक्ष ओलीले बालकोट बोलाएको कृषिमन्त्री ज्वाला कुमारी साहले बताइन् । ‘अध्यक्षज्यूले बालकोट बोलाउनुभएको छ । किन बोलाउनु भएको केही थाहा छैन । त्यही पुगेपछि थाहा होला । अहिले हामी जाँदैछौ’, मन्त्री साहले भनिन् ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेबिच सहमति भएपछि ओली प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने तर संसदमा विश्वासको मत लिने अडानमा छन् । मंगलबार बसेको एमालेको सचिवालय बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थिएन ।