राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष उप्रेती पक्राउ

राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।

उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ गरेको हो। उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक पनि हुन्। 

उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो।