लागु औषध कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

१ किलो २४७ ग्राम लागु औषध कोकिनसहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा तान्जानियन नागरिक बर्ष ४६ का RAMADHANI SIMBA MWABUMBA र बर्ष ५२ का TWALIB KIPEVU PASHUA रहेका छन् । उनीहरुलाई राजधानीको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको लागु 
औषध नियन्त्रण ब्युरोले जनाएको छ । 

 

 प्लाष्‍टिक कोटेड कोकिनका क्याप्सुलहरु निजहरुले Ethopia को Addis Ababa पुगी निलेर काठमाडौँ आएको अनुसन्धानको क्रममा खुल्न आएको ब्युरोले जनाएको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु. ४ करोड ३७ लाख रहेको ब्युरोले जनाएको छ ।