धार्मिक सभामा भागदौडका कारण मृत्यु हुनेहरूप्रति नेपालद्वारा दुःख व्यक्त

उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा भागदौडका कारण मृत्यु हुनेहरूप्रति नेपालले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार सामाजिक संजालमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गरेहो हो। मन्त्रालयले मृतकका परिवारप्रति संवेदन व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारको कामना समेत गरेको छ।

 

 

मंगलबार भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा भएको घातक भागदौडका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १२१ पुगेको छ। दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएको सभामा एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको थियो।