नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द हुने भएको छ। 

 नागढुङ्गा–नौबिसे सडकखण्ड अन्तर्गत नौबिसे खोला पुलको ‘ग्रिडर लञ्चिङ’ को काम हुने भएकाले बुधबार र बिहीबार राति बन्द गर्न लागिएको हो। 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले उक्त सडकखण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जानकारी दिए। 

उनका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने बन्द हुने छैन। 

साथै उक्त समयमा दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरुले वैकल्पिक मार्गका रुपमा धार्के सितापाईला सडक प्रयोग गर्न आग्रह गरिएको छ।