बिरामी बच्चाका लागि औषधि किन्न गएकी महिला अजिंगरको आहार बनिन्

 मध्य इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ ।

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मंगलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता हभएको र खोजी गर्ने क्रममा उनलाई अजिंगरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे गाउँ सचिव इयाङलेले भने, ‘उहाँका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पार्नुभएको, त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिंगर देख्नुभएको र उसको पेट धेरै ठूलो देखेपछि आदियान्सालाई शंका लागेर गाउँलेहरूको सहयोगमा अजिंगरको पेट चिर्नुभएको थियो ।

पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन् ।’गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिंगरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन् ।

 

गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिंगरलाई मारेका थिए । सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिंगरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन् ।