विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ccccccccccccccccccccccccc_fTZYbk2IDJ_itzfvbxxuugbvpkofvtqtuzjqtrsbu63kwsi24iyakde9pbg8r9ygphlnpv5_2rT552zZhv_0hzzrxof5fy8ww7zeb1ddicgcxkycchwjtv8i82h5d2whezuw2vjkmufhq27.jpg)
काठमाडौँ, १९ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
बैठकमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताउनुभएको प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “विदेश जाने नेपालीको सङ्ख्या बढ्दैछ । तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोग आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन । दरबन्दी धेरै पूरानो छ । यसलाई बदलेर सङ्गठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ । सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी चाँडै एउटा निष्कर्षमा पुग्नेछौँ ”
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवाल कूटनीतिमा अभिव्यक्त भएको बताउँदै देशले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायको सवलीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा अर्थमन्त्री वर्षमान पुन, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, परराष्ट्र सचिव सेवा लम्साल, अर्थसचिव मधुकुमार मरासिनीलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित हुनुहुन्थ्यो
![बुटवल उपमहानगरको बजेट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/butwal_napa_nbcBmtQZDV_nncgvi6jeimnhmk0ngnsfsy76skv2t8bjwll8fudqlntmmsb1wnjxbztdol4_U7dXNGAL33_rla5rju0qt8ockcl6whsuw40jowmho3kxzeocu28l4gd7op23kobtkorcjga.jpg)
बुटवल उपमहानगरको बजेट पारित
![सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा रामकुमार थापालाई तोक्ने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/Baideshik-rojgar-nyadhikaran_q7MlHNUvZg_qplztzfwsebfnqoztz0sc2tfpa7pisps4by6sijwzecdc0ixqnhektwmcnoy_Vdwsd26HsI_ipciwnrjfzofj23xwjtkgnd6vrzlr3rzfilec8fqw3timx2zd864irt3uvmc.webp)
सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा रामकुमार थापालाई तोक्ने निर्णय
![ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/heltha-camp_ux8lXMlnBP_tlk9iknplox0tlgg0hbqkheooo5o9vvknv2pib5rgmepbxs6aj8lpaop3fsc_LcLomZ3Rlb_nvevgtrebe68vhudoli53cd5djtv3eboeobzus4idftrfaxwwgatjna5j307.jpg)
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन
![संसदीय छानबिन विशेष समितिद्वारा गृहसचिवसँग छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/1720171447-EPJ7T_jPG2YqTRoj_qifzvoh7fqwoxqn0epizo7xqqfikbln6rck571hbdm7fhc15b6cfflspqgoo_xal974ZOsV_ahpx8wviuqjqq6f8hayewk2cw5fuvyxpzpiargo6rkpyrvcwbvcium2yrcrb.jpg)
संसदीय छानबिन विशेष समितिद्वारा गृहसचिवसँग छलफल
![काठमाडौं प्रहरी परिसर स्थानान्तरण,भद्रकालीको नयाँ भवनबाट सेवा दिइने](https://snowberry.prixacdn.net/media/gallery_folder/ktm-district-police_27pqA24gtC_gclgy8ax979hrjbakcm4osmq55c3w60mbijvkxlijeuklezd1sr7iiun4ud2_YcfGen5ncC_kqw4ebts0udstv3naqbxnmseef2ffyseh2qphcgoonck5cixig7pxeywf6sp.jpg)
काठमाडौं प्रहरी परिसर स्थानान्तरण,भद्रकालीको नयाँ भवनबाट सेवा दिइने
![विषालु सर्पले डस्दा एक महिलाको शुक्रवार मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_o5Umg4Cr3w_25utxsyga7b0sf2u3vqvw8muagnlsxcnn47pwljqycaqlvlhgpvqnkoldxtd_vLAZYFcZUf_kozcuuz9gixjuqkjxd0mpgk5nyumduyqmkohvuooyp9f9qnjk6zcddgtgcpf.jpeg)
विषालु सर्पले डस्दा एक महिलाको शुक्रवार मृत्यु
![राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal_1ViZOIYKlI_kkyvo4rdmdqezjv2bgscdhsinurkgtmb16anoro8c88d5hnmggvxyruvsc8s_3ZU2O7V6Bp_uavdjgs9w8lrcyfmrvwb8u9vryaj205vrwljwulbbodcxnukajjfyya08b9x.jpg)
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
![युरोकप २०२४ : क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Portugal-vs-France_R0Ga1If9u7_6f46jjmslapffcxhfsk457iavqd505cfazp82j7byvmm8zpd7hfa8uivc73t_Z8kn5qThh6_arkj5cn2ghbvac422jn7mr1wmbshiz0ebn9l1a8fn3rxnu5tjyxgdoupaxux.webp)
प्रतिक्रिया