पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श
![](https://snowberry.prixacdn.net/media/gallery_folder/NP_KTM_IMG_2594_ukBbMzN2Tp_mokvz16yuac9dgngabxyy4e3rlmi5bfkayknnt7c1s1k1sf9rrg5ic76cgvp_2NlRTUcBB9_xz4a6p24fr6vipmyrsqoa6dovs9u9l8cgyijsqfsemqifara7d84yzvmscwu.jpg)
काठमाडौँ, १९ असारः ‘पढेर होइन परेर जानिन्छ’ भन्ने उखान नै छ । पत्रकारिता पढेर मात्र होइन अभ्यास गरेर सिकिने क्षेत्र हो । सूचना प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ भने नयाँ आयाम विकास हुँदै गएका छन् ।
सामाजिक सञ्जालको व्यापकताले नागरिक पत्रकारिताको अभ्यास पनि प्रारम्भ भएको छ । परम्परागत पत्रकारिताका यी चुनौतीका बीच विभिन्न विश्वविद्यालय र अध्ययन प्रतिष्ठानमा पत्रकारिता तथा आमसञ्चार अध्ययन गर्ने विद्यार्थी र मूल प्रवाहका सञ्चारमाध्यमबीच कसरी अन्तरसम्बन्ध स्थापना गर्ने बहस पनि हुँदै आएका छन् ।
मुलुकको एकमात्र र आधिकारिक समाचार समितिका रूपमा २०१८ सालदेखि अविछिन्न समाचार सङ्कलन सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आज यस्तै सवालमा राससका व्यवस्थापक, अग्रज राससकर्मी, पत्रकारिताका शिक्षक र विद्यार्थीबीच विमर्श भएको छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्याल, उपप्राध्यापकहरु डा देवराज अर्याल, शशी मरासिनीसहित स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र राससकर्मीलाई छलफलमा ल्याउने सेतुको माध्यम गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीले गरेको थियो ।
राससले कसरी नियमित रूपमा समाचार र समाचारमूलक अन्य सामग्री सङ्कलन–सम्प्रेषण गर्दै आएको छ, यसले पत्रकारिताका विद्यार्थीलाई कसरी प्रोत्साहन गर्न सक्छ भन्नेमा चासो व्यक्त गरेका थिए । जिज्ञासु प्रशिक्षार्थीका प्रश्नको जवाफ रासस व्यवस्थापनका तर्फबाट समाचारकक्ष र पत्रकारिताका कक्षालाई जोड्न सकिएमात्रै पत्रकारितामा व्यावसायिकता प्रदर्शित हुने स्पष्ट गरिएको थियो ।
छलफलमा समाचारका विषयवस्तुको उठान, राजनीतिक प्रभाव र हस्तक्षेप, विकास पत्रकारिता, नवीन प्रविधिको प्रयोग र सामाजिक सञ्जालका चुनौती एवं अवसरका विषयमा चिन्तनमनन भएको थियो । त्यस क्रममा राससका कार्यकारी अध्यक्ष झाले समाचार समितिका रूपमा राससले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिँदै नेपाली पत्रकारितामा शिक्षित जनशक्तिको आवश्यकता रहेको औँल्याउनुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले राससमा पत्रकार भएर काम गर्ने पर्याप्त अवसर भएको र जिम्मेवारी पाउनेहरूले त्यसको सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
राससका प्रमुख समाचारदाता एकराज पाठकले पछिल्लो समय शैलीगत रूपमा पनि पत्रकारिताका फरक आयामलाई समेट्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा अर्यालले तस्बिर प्रदर्शनीको अवलोकनपछि राससलाई प्रतिक्रिया दिँदै जनसहभागितामूलक विकास–निर्माणमा पत्रकारिताको भूमिका राससले तस्बिर प्रदर्शनीले उजागर गरेको बताउनुभयो । उहाँले विकासको वास्तविक अवस्थाबारे जनतालाई जानकारी दिन र त्यसमा जनसहभागिता बढाउन पत्रकारिताका सबै आयामको अभ्यास अनिवार्य भएकामा जोड दिनुभयो । विद्यालय निर्माणदेखि भूकम्पपछिको पुनःनिर्माणसम्मका विकासका गतिविधिको झलक फोटो प्रदर्शनीले दिएको उहाँको भनाइ थियो ।
“सबै तस्बिर हेर्दा गणतन्त्रपछि पूर्वाधार निर्माण, विकासको प्रयासहरू बोध गर्न सकिन्छ । फोटो प्रदर्शनी एउटा आयाम हो । फोटोसँगसँगै विकास निर्माणबारे पत्रकारले लेख्ने, बोल्ने र खिच्ने सबै आयामलाई जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “गणतन्त्रमा सहभागितामूलक विकास हुन्छ ।”
यसैगरी, विद्यार्थीहरूले प्रदर्शनीमा समेटिएका तस्बिरले आम जनतालाई समृद्धिको अवस्थाबारे जानकारी दिने प्रतिक्रिया दिनुभयो । पत्रकारिताका विद्यार्थी बाबुराम आर्चायले सकारात्मक सोचको विकास गर्न प्रदर्शनीले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
अर्का विद्यार्थी अनिश मिजारले विकास पत्रकारिताको महत्व प्रदर्शनीमा प्रतिविम्बित भएको बताउनुभयो ।
![बुटवल उपमहानगरको बजेट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/butwal_napa_nbcBmtQZDV_nncgvi6jeimnhmk0ngnsfsy76skv2t8bjwll8fudqlntmmsb1wnjxbztdol4_BDV5FDANC7_pndeajcnnylwhomvrx00jtxztoc5tjxbopmexjlmzqd6jmfmwqrt90irnzy3.jpg)
बुटवल उपमहानगरको बजेट पारित
![सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा रामकुमार थापालाई तोक्ने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/Baideshik-rojgar-nyadhikaran_q7MlHNUvZg_qplztzfwsebfnqoztz0sc2tfpa7pisps4by6sijwzecdc0ixqnhektwmcnoy_4Xrds4EGjc_io72cf5s3qvnjyscqmpbd8eusr9d3dlrsufvznx08cvm4bxrzxecsroovzmj.webp)
सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा रामकुमार थापालाई तोक्ने निर्णय
![ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/heltha-camp_ux8lXMlnBP_tlk9iknplox0tlgg0hbqkheooo5o9vvknv2pib5rgmepbxs6aj8lpaop3fsc_IK9qOMHUX1_bgonnxmgrwapglzbjgczt4jhjti49iop1tqnvehbgikafkyzscm7li2xveru.jpg)
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन
![संसदीय छानबिन विशेष समितिद्वारा गृहसचिवसँग छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/1720171447-EPJ7T_jPG2YqTRoj_qifzvoh7fqwoxqn0epizo7xqqfikbln6rck571hbdm7fhc15b6cfflspqgoo_RMtjU9ty2h_pa870utuhvskhmweuujsyfslsvpyekb05kinipmvxcld64w5fmggmxcj7e5a.jpg)
संसदीय छानबिन विशेष समितिद्वारा गृहसचिवसँग छलफल
![काठमाडौं प्रहरी परिसर स्थानान्तरण,भद्रकालीको नयाँ भवनबाट सेवा दिइने](https://snowberry.prixacdn.net/media/gallery_folder/ktm-district-police_27pqA24gtC_gclgy8ax979hrjbakcm4osmq55c3w60mbijvkxlijeuklezd1sr7iiun4ud2_FMLYiBXMtF_y2fr7clphibbwjccskxcrz6hqikcovu8fvugvltnzmio39gxvkb5hsqnbphc.jpg)
काठमाडौं प्रहरी परिसर स्थानान्तरण,भद्रकालीको नयाँ भवनबाट सेवा दिइने
![विषालु सर्पले डस्दा एक महिलाको शुक्रवार मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_o5Umg4Cr3w_25utxsyga7b0sf2u3vqvw8muagnlsxcnn47pwljqycaqlvlhgpvqnkoldxtd_y5I6slXd4N_6vi85gzcygv9nwqipvaccx1utoyzizkbgleiigz2dz52l8aa9hyktitav476.jpeg)
विषालु सर्पले डस्दा एक महिलाको शुक्रवार मृत्यु
![राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal_1ViZOIYKlI_kkyvo4rdmdqezjv2bgscdhsinurkgtmb16anoro8c88d5hnmggvxyruvsc8s_Wj4nNargGB_esnscpxtq8wr5ceuav9fqgo0cqxzfwzyfkdhiki2ci8wxnlb29r0sstznnsc.jpg)
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
![युरोकप २०२४ : क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Portugal-vs-France_R0Ga1If9u7_6f46jjmslapffcxhfsk457iavqd505cfazp82j7byvmm8zpd7hfa8uivc73t_1KREHKYqcZ_lowmbcpo7ggwi6zgpkgodnwi28xqzhdccqrajbzyl61vwg604ucvgz2fyken.webp)
प्रतिक्रिया