सहकर्मी महिला वकिल बलात्कार मुद्दामा युवा कानुन व्यवसायी पक्राउ

सहकर्मी महिला कानुन व्यवसायीलाई बलात्कार गरेको अभियोगमा एकजना युवा कानुन व्यवसायी पक्राउ परेका छन् । काठमाण्डौं जिल्ला अदालतबाट पटकपटक म्याद थप समेत भई अनुसन्धान गरिएका ती कानुन व्यवसायी आशिष पौडेलमाथि सहकर्मी महिला कानुन व्यवसायी बलात्कार प्रहरीले अनुसन्धान गरी हिजो काठमाण्डौं जिल्ला अदालता अभियोगपत्र दायर गरेको हो । आज उनलाई धरौटि दिने कि नदिने भन्ने विषयमा उनको बयानपछि बहस हुनेछ । उनको मुद्दा थुनछेक बहसको लागि न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा पेश भएको छ ।

उनकै सहकर्मी महिला कानुन व्यवसायी (परिवर्तित नाम सिंहदरबार २६ग÷०८०।०८१) बाट जाहेरी दर्ता भएपछि असार ७ मा अधिवक्ता पौडेललाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार मुद्दालाई अदालतले कठोर ढंगले लिने गरेको पाइन्छ । हालैमात्रै सात बर्षको कैदको सजाय पाएका जिल्ला न्यायाधीश भुवन प्रसाद गिरीलाई पुर्पक्षको लागि थुनामा राख्न सर्वाेच्च अदाललते समेत आदेश दिएको थियो । नैतिक पतन देखिने फौज्दारी मुद्दामा सजाय पाएपछि मात्रै सम्बन्धित नियमनकारी निकायले सेवाबाट बर्खास्त गर्ने कानुनी व्यवस्था छ ।

अधिवक्ता पौडेलले केही बर्षअघि मात्रै कानुन व्यवसायमा दर्ज भएकी उनकी सहकर्मी (परिवर्तित नाम सिंहदरबार २६ग÷०८०।०८१) महिला कानुनव्यवसायीलाई काम छ आउंछु भन्दै गएर बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् भने किटानी जाहेरीको आधार देखाउ“दै प्रहरीले अदालतसंग अनुसन्धानका लागि पौडेललाई थुनामा राख्न अनुमति माग गरेको थियो । 

युवा महिला कानुन व्यवसायीलाई कामको अवसर दिने भन्दै पौडेलले पटकपटक आफ्नो फेसबुक पेज मार्फत विज्ञापन गर्दै आएका थिए । उनै  पौडेलले महिला कानुन व्यवसायीलाई फर्ममा आकर्षित गर्दै यौन शोषणको प्रयास गर्ने गरेको पनि पिडित महिला अधिवक्ताले प्रहरीलाई बताएकी छन् । 

पौडेलले फेसबुक विज्ञापनमा नै ३० बर्षभन्दा कम उमेर समूहका एलएलवी र एलएलएम गरेका महिला कानुन व्यवसायीलाई प्राथमिकता दिइएको प्रचार गर्दै आएको कुरालाई कानुनवृत्तले अर्थपूर्ण रुपमा लिएको छ । पौडेलको फेसबुक पेज हाल लक्ड छ । फेसबुक, ट्वीटर र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा राम्रो फोटो भएका महिला कानुन व्यवसायीलाई पौडेलले फ्रेण्ड रिक्वेस्ट पठाउ“ने गरेको र कानुन पढ्दै गरेका युवतीहरुलाई समेत रिक्वेस्ट पठाएर हैरानी दिलाएको विद्यार्र्थीहरुले आफ्ना अभिभावकहरुलाई बताउने गरेको पनि एक कानुन व्यवसायीले बताए ।

‘कतिसम्म भने फोन गरेर एलएलवी गर्दै गरेका युवतीहरुलाई समेत पौडेलले आफ्नो ल फर्ममा काम गर्न आऊ भन्ने गरेका रहेछन्,’ नाम नबताउने शर्तमा ती अभिभावक अधिवक्ताले भने, ‘पछि काम पाउन गाह्रो छ, इन्टर्नसीपकै बेला काम सिक्नुपर्छ, काम सिकेपछि तलब सहितको जागिर दिन्छु भन्दै उसले फसाउने गरेको रहेछ ।’ 

कम्तिमा पनि एकदर्जन भन्दा बढीसंग पौडेलले हर्कत गरिसकेको भुसको आगो झै फैलिएको छ । आफ्नो सार्वजनिक बेइज्जति हुने भएकाले ती विद्यार्थी र पीडितहरुले कतै उजुरबाजुर र गुनासो गर्न नसकेको उनले बताए । 

पेसामा स्थापित र सम्पन्न बरिष्ठ अधिवक्ताहरुका छोरीमाथि टार्गेट गरेर पौडेलले सामाजिक सञ्जाल मार्फत फ्रेण्ड रिक्वेस्ट पठाउने, बाबुआमाबीच फाटो ल्याउने सन्देशहरु पठाउने, तेरो बाउ अर्कै केटीसंग पल्किएको छ भन्दै झूठा सन्देश फैलाएर ब्ल्याकमेल गर्ने र सूचना दिने बाहना बनाएर सम्पर्क स्थापित गर्ने र पछि ब्ल्याकमेल गर्ने गरेको पनि उनले बताए  ।  
अर्का एक अधिवक्ताका अनुसार, पौडेलले हुनेखाने वकिल वा न्यायाधीशलाई टार्गेट गर्ने र छोरीसंग अनेकन तरहको झूठा मेसेज र कुरा लगाएर बाबुआमाबीच सम्बन्ध विगार्ने अनि विवाहको नाटक गरेर छोरीलाई फसाउने शैली अपनाउ“छन् । 

‘हिरासतमा रहेका पौडेलले कतिसम्म गरेछन् भने जग्गाजमिन, गाडी र सम्पत्ति जोडिसकेको परिवारलाई छान्ने, छोरी भएको परिवार ताक्ने, बाउआमाबीच फाटो ल्याउने र छोरीलाई फसाएर आफने अभिष्ट पूरा गर्ने उनको शैली रहेछ,’ उनले थपे । 

पौडेलको त्रासले कतिपय महिला अधिवक्ताहरु र बिएएलएलबी तहमा अध्ययनरत युवतीहरुले आफ्नो सामाजिक सञ्जाल समेत बन्द गरिसकेका, सार्वजनिक सम्पर्कको माध्यमबाट समेत टाढा भइसकेका कतिपय उदाहरणहरु रहेको पनि ती कानुन व्यवसायीको दावी छ ।