यस्तो छ रविको कडा आलोचना गरिएको मुकुलको प्रतिवेदन (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा समीक्षा प्रतिवेदन प्रस्तुत गर्न पाएनन् ।

पार्टी सभापतिको चर्को आलोचना गरेको लिखित प्रतिवेदन पार्टी सभापति रवि लामिछानेले बैठकमा पेस नै गर्न दिएनन् ।प्रतिवेदनमा महामन्त्री ढकालले सभापतिको कडा आलोचना गरेका छन् । उनले पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा समेत उल्लेख गरेका छन् ।

यति मात्रै होइन, उनले पुराना पार्टीसँग गरिएको सहकार्यको पनि आलोचना गरेका छन् । महामन्त्री ढकालले पुराना पार्टीहरू, एमाले, कांग्रेस र माओवादीलाई झिँगाको संज्ञा दिँदै झिँगा सँगै उडियो भने ‘गू’मा पुगिने बताएका छन् ।

उनले प्रतिवेदनमा लेखेका छन्– ‘सभापति ज्यू, भिंगासंगै उडियो भने गूमा पुगिन्छ । मौरीसँग उडियो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो की, त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौँ, जनतालाई महा खुवाऔँ ।’

यस्तै महामन्त्री ढकालले राजनीति छोड्न तयार रहेको बताएका छन् । उनले आफ्नो प्रतिवेदनमा देशको हित हुने भए राजनीति नै छोड्न तयार हरेको बताएका छन् ।

उनले यति मात्रै होइन, देश नै छोडेर जा, देशको हित हुन्छ भने पनि देश छोड्न तयार रहेको बताएका छन् ।

‘देश छोडेर जा, देशको हित हुन्छ भन्नुहुन्छ भने पनि गइदिन्छु । राजनीति छोड् देशको हित हुन्छ भने पनि छोडिदिन्छु,’उनले लेखेका छन्,‘देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छु, मैले के गर्दा ठिक हुन्छ, तपाईँहरू भनिदिनुहोस् ।’