प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

 प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।सङ्खुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।