गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न विश्वप्रकाशकाे चुनौती

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि उनले गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका हुन् ।

हिजो गृहमन्त्रीले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरिएको आरोप लगाएका थिए।