आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC_Bhairawaha_Land_Mangement1_TCNqCCfV4o_pdibyb2rq0ngexhkzrc6degsgixm17gcrzr7odg1uldjwkg8np7yrzstja6n_C5rWhgKEdw_eev4bxjlbvrdza4cdunwwudb6gagivfve2xy0tkcrw0zfxs831xnixpo6rdr.jpg)
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ ।
ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिनुभयो ।
पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको उहाँले बताउनुभयो । निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ ।
प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । करिब आठ करोडमा ती ठेक्का लगाइएको हो ।
भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन पुर्ने कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खोला किनारमा ग्याबिन लगाउँदा वर्षात्को पानीले अप्ठयारो पारेको इन्जिनियर खनालले बताउनुभयो । रोहिणी खोलाको समानान्तर सात मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ चार दशमलव पाँच मिटरको रिटेनिङ वाल लगाइनेछ ।
तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार खटिइएका छन् ।
सातवटा प्याकेजमध्ये जमिन पुर्ने काम सुरुआती चरणमा रहेको छ । प्याकेज नं ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको उहाँले बताउनुभयो । प्याकेज नं ३ को भौतिक प्रगति न्यून छ । प्याकेज १ र २ को एउटै ठेकेदार भएकाले काम सुस्त भइरहेको इन्जिनियर खनाल भन्नुहुन्छ ।
रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारणबाट लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारणगृह निर्माण गर्दै आइएको छ ।
रु तीन अर्ब लागतमा भण्डारणगृह निर्माण गरिने भण्डारणगृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर दुई र मटितेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्याङ्क निर्माण गरिनेछ ।
भण्डारणगृह निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । उहाँले असोजभित्र परियोजनाको ‘डिजाइन’ सम्पन्न गरिने जानकारी दिनुभयो । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गरिरहेको छ । आगामी मङ्सिरमा भण्डारणगृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ
![ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब](https://snowberry.prixacdn.net/media/gallery_folder/Pinky_Gurung_vMrbXPpRBv_sxjkgfs0ug5aztneni2ukuwdojobkmqudfod0lolurkwphnibv6pcsay34in_T6BLCbFMGt_evfcdq7rksqwsx7avrmdyfalh6qkuj7fdnrboid5yf13zhbzrmmbqykixgog.jpg)
ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको …
![मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक](https://snowberry.prixacdn.net/media/gallery_folder/1720187898_1607997322_sudurpaschim%2520prades-1200x560-1200x560_rOW9Gq5tXh_trtg8zhhm7fp66udbgnbtbknhccglwfwmtjvngbgv1p46jrjdk3mmqzorbkw_mCARxj7TzK_pa1vvhssi307cppw2ckqr4nvieqbrntoki5wnyzjb9xqefsf3dgzczlhcwva.jpg)
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/barnan%2520briefing_FZJWfLiY07_yicdge7xyokouy9ug0npxjdcfuagjtrfzzcogkxrj48lwlydlu05cr93nm8p_mRAKjYPevA_6qnuku02rr5ld9h5e2lvnw0x0eax0jv5vu6qoijxkwctpuvk1jsuuskwhbic.png)
वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
![मुगु कर्णालीको बिजुली फुकोट सबस्टेसनमा जोडिने](https://snowberry.prixacdn.net/media/gallery_folder/duhabi-sabstation_1k3K43q3aq_CwdLnAgDG9_otq0cnuisrx5zgcw87hcgg1jsaydl2kabba6xmesvx8spvmqug2c5ydv6arb_kdkwpm211k_ehuwmhzw87lmquhlfsjnm2npbrug170cwmctmfnhijwdno3gpmpfzvn4ebpr.jpg)
मुगु कर्णालीको बिजुली फुकोट सबस्टेसनमा जोडिने
![अमेजनका अध्यक्ष जेफ बेजोसले ५ अर्ब अमेरिकी डलरको शेयर बेच्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/5jp369v8_jeff-bezos_625x300_03_July_24_gKrpFXTkmu_mdcg2pv8h42utm1y184vbihyog1sxhnthkb3rwi3ciic2bulln52xczzwsbl_gGViXwsyCy_v7q8f75jvcxdaiksjseuca0qcaswmafq5ebugf652jvoodk8vctg85jz1nmf.webp)
अमेजनका अध्यक्ष जेफ बेजोसले ५ अर्ब अमेरिकी डलरको शेयर बेच्ने
![कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/karnalipradeshsabha-nanda-guru2024-07-05-07-07-32_gR6jZ1hJNV_dtlfvtajba1conjflkdtjio9z39i2zdxsxk6ezn8ftjnpvueca3nlvlxe5cg_6QGsUG7lIL_2qm3ijq2hxosqbf5eiixjlfkaotlx1rtiw6d5e1oevt2jyhwzzl1r0xkor40.jpeg)
कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित
![हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ,प्रचण्डले विश्वासको मत नपाए प्रतिपक्षमा बस्छाैं : झलनाथ खनाल](https://snowberry.prixacdn.net/media/gallery_folder/1589613344_fTCdAmciSz_bpsac91keincxyf69lwqkcvhatx02ai1agz3snivcr8ubcvh6yi4kus0fua9_UzEWNgjDwg_r2corniagmnllz6z5dzq9vstfswmdiyrzoxnf43wla4c1vqtubk4so2fci9m.jpeg)
हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ,प्रचण्डले विश्वासको मत नपाए प्रतिपक्षमा…
![हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/casnoi_29pMYdBzgD_xepb4arbzsp5tsg3gtbiurz7qnc8c1ca95xtktzvckyxkm02eveyyrrlsiwt_avcv5wTg99_mxftvjplb4idtmhjp369qx6hech5xviv94fsvim5ndto5wk0ndutgeykycos.jpeg)
प्रतिक्रिया