सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्याे

 सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ रहेकोमा बुधबार १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ रहेको चाँदी आज १८२५ रुपैयाँ कायम भएको छ ।