हेटौँडामा नमूना सडक बनाइँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/muglin-pokhara-sadak_4Y8zoBTmXS_iluivneh064fnmyjguimza0ireeuswo1n1ldqyzyk47tibqjlmk97cfxcao7_0thtPdx7mn_gx0qbnwjw8qif6my350t52fea9ubi7xqhhfqf5olgztv0bqy8yithc3agvsn.jpg)
हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रुपमा निर्माण गरिने उहाँले बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रुपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उहाँले बताउनुभयो । रजत जयन्ती मार्गलाई चार लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताउनुभयो ।
सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ । नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताउनुभयो । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उहाँले बताउनुभयो ।
सेवानिवृत्त हुन भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ [ तसबिरहरू]
![सन्तोषको रिटमा अघिल्लो आदेशलाई नै निरन्तरता, लम्बियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/1703857757.Supreme%2520Court_C71lCQTLMG_zcbhbboxbfacfcdqpyhk6ijrl13zfwmwgywr0arxzthyg2eopmndz6tvdbqd_bqhPLIYrWq_rm55ecqrjf5j1c0it1oi2fiom37qjknumyusazpulcn4d5dy574fxwemdcrl.jpg)
सन्तोषको रिटमा अघिल्लो आदेशलाई नै निरन्तरता, लम्बियो धितोपत्र बोर्डको अध्यक्ष नि…
![मन्त्रिपरिषद बैठकका २० निर्णयहरू](https://snowberry.prixacdn.net/media/gallery_folder/cabinet-new-1_BOKWrrz7XK_vfvdoq5efoazsfak3akkvnlwpm1myphdodrlltstelhii1n2vowljnndtexz_zngbPv0UiD_ukhmjxumvpqa6ceuble2xh4w2aunpttphaslcyf8jlub7xysv3fwznu3syub.webp)
मन्त्रिपरिषद बैठकका २० निर्णयहरू
![आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने क्यानको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/thumbnail_MtKL6xYVFX_3dhc3vtep5cyan5szaqraxqjdhn2kfrbgciwj0vreybr11sntnifxcrs4qaw_ac7DO8wTw3_bukd3ecypbwbdfyt0tr74fx7z82kxps1e8diypote69rtm3ahaiccme9fr8n.jpg)
आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने क्यानको तयारी
![नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Police-Logo1706070541_mzXJCinLn7_ve84jq6fjo8sdfeb6ezfwrpuncxb8hqfcv3ewzxllvn8xhd3hplyytlrlwj6_KPGQxHTtd6_xxb9sjhlepm2lffexb1djensovfel9ku2ydlle6m4xookhrhwkxlarsnck1a.jpg)
नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता
![परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबारमा](https://snowberry.prixacdn.net/media/gallery_folder/gate_07xp6cPDrK_wmn3dwctghlkozib4mcyrzveikzcssjwvmsh1jariq4jmpcnbyvwxi9vlpyx_lyyU1Tjlxu_cup94uz1rhgxurdocpsywfqdt489dlin81psmbj2o87yghjmpyzf1kk9mlpf.jpg)
परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबार…
![नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_15-55-23-740_DHDGQfIg86_jvcvlbr5fted9ausihdodbd3ecxg2vrbzi3hk385xljwdpbzt2e2efwqjrgi_owvjbaTdME_kyycfq0zolcrjq2vedxxvsdav5zfc8sesrtzwznskhr1xthxxz5wb5gtkmbb.jpg)
नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाव…
![पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20240705_161656_lDv6Jb4Scm_sfg0jdl3tvp3tavfkzht217aobbd7csaa5mctzei5ovcf02ntdvks8hjxddi_LxoEvGFjoJ_milvwsqow8c0mqawtg1ocppdppomnccjuospbba1ehh9alunyvbknyy8c9jt.jpg)
प्रतिक्रिया