रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर केन्द्रीय समितिको बैठकमा सहभागी

 राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री डा मुकुल ढकाल मुखमा कालो टेप टाँसेर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्न आफूले गरेको प्रस्ताव अस्वीकार गरिएको विरोधमा महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएका हुन्।बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएको बैठकमा उनको मुखमा कालो टेप छ। मुखमा मास्क लगाएर बाहिरबाट टेप टाँसिएको छ।बैठकमा महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरेको छ।

ढकालले केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। बैठकमा लाइभ नगरिएपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन्।