चिसापानी बजारको मुख्य सडकमा ढलान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download_f75gPEbrGv_5yv5yhiajpzdbza3nantsagnb8zlp1xpncogwto0tlgx9pw6ewiyycepoeyw_7qjgGWoz9p_vyetyqjj4onzr0dxojgudvrzsq4j4fvixdglgmkotjurgiwy9agaznpgcjqi.jpeg)
जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाखको लागतमा ढलानको काम सम्पन्न गरिएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले ढलान गर्ने काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको बताउनुभयो । निर्माण कम्पनीले विसं २०८१ असार–१५ गतेभित्र सक्ने गरी विसं २०८० चैत २५ गते सडक ढलानको सम्झौता गरेको थियो ।
सहरी विकास तथा भवन कार्यालयको रु पाँच लाख बजेटमा विसं २०८१ असार–१० गतेभित्र सक्ने गरी सोही निर्माण कम्पनीले विसं २०८० चैत २५ गते नै सम्झौता गरेको थियो । यसैबीच जन्तेढुङ्गा –५ चिसापानी र जन्तेढुङ्गा ६ दिप्लुङको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जन्तेढुङ्गाको पर्यटन विकासको काम अलपत्र परेको छ । जन्तेढुङ्गा पार्क (उद्यान) निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाललगायत निर्माणका काम अलपत्र परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत लागतमा करिब रु दुई करोड ३० लाख बजेटमा दुई वर्षभित्र सक्ने गरी निर्माण कम्पनीले विसं २०७८ जेठ–३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख इन्जिनियर अरुण साहले बताउनुभएको छ ।
पेश्कीबापतको रु ४६ लाख निर्माण सम्बद्ध कम्पनीले लिएको उक्त योजनाको असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर, काम भने नभएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो ।
संस्कृति तथा पर्यटन मन्त्रालयले आव २०७९÷८० मा बजेट नपठाएकाले काम रोकिएको जनाइएकोछ । आव २०८०/८१ मा भने रु ३७ लाख बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । आव २०८१/८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । ठेकेदार कम्पनीले यसअघि सम्झौता गरिएका योजनाका काम नगरेपछि यस पटक बजेट नराखिएको गाउँपालिका अध्यक्ष अरुणादेवीले बताउनुभएको छ ।
जन्तेढुङ्गा उक्त गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध मानिन्छ । किम्वदन्तीअनुसार गोल्माराजा–गोल्मारानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुङ्गा भनिएको हो ।
ऐतिहासिकस्थल जन्तेढुङ्गामा मङ्सिर पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मेला लाग्ने गरेको छ । जन्तेढुङ्गामा पर्व विशेष मेलाबाहेक दैनिजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा अवस्थित जन्तेढुङ्गाको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापर्वाही भएपछि स्थानीय बासिन्दा समस्या बनेका छन् । जन्तेढुङ्गाको स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्न सकेमा गाउँपालिकाको आम्दानीको स्रोत वृद्धि हुने पर्यटन व्यवसायीले बताएका छन् ।
![नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Police-Logo1706070541_mzXJCinLn7_ve84jq6fjo8sdfeb6ezfwrpuncxb8hqfcv3ewzxllvn8xhd3hplyytlrlwj6_XeIodTtlAw_nl7eqoxzhaivodvx0whejjfmlfasuycqjvmrgonyibcrerg7uhbe4qmhgisg.jpg)
नेपाल प्रहरीमा सहकारीसम्बन्धी ५३ सय उजुरी दर्ता
![परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबारमा](https://snowberry.prixacdn.net/media/gallery_folder/gate_07xp6cPDrK_wmn3dwctghlkozib4mcyrzveikzcssjwvmsh1jariq4jmpcnbyvwxi9vlpyx_i23e8tJAbV_lauirn5ygbyxus5fit5l4vwl13c1evozvy0xmmr94fgjjdg59kzoeiusk357.jpg)
परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरू सिंहदरबार…
![नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_15-55-23-740_DHDGQfIg86_jvcvlbr5fted9ausihdodbd3ecxg2vrbzi3hk385xljwdpbzt2e2efwqjrgi_bJ17PE6Qer_kjsz3k5kaopxuvnilw0t2ihwttnahtixzdz5qrg64vjwksbyl4svakgq7uyq.jpg)
नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित चार जनाव…
![पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20240705_161656_lDv6Jb4Scm_sfg0jdl3tvp3tavfkzht217aobbd7csaa5mctzei5ovcf02ntdvks8hjxddi_jvT5m7Olin_wuv0owo8y07jaotcjhnkh9pktrdt5gadbjwrubm4kqiymfazssofoumajmoo.jpg)
पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक
![क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/can_y6c6H4pKD0_o1tvpbocuiu3nb6mxtruf5kt6qinmtxct8cd726ncd64fyusvjugdfsaunfd_tgpn59omLM_bw0myr4wa8o7ykrqrnaggwy7iilxcciqqpy8fy6gsm88niph7mfal0awm5uf.jpg)
क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय
![चुनावमा पार्टीको लज्जास्पद हारसँगै ऋषि सुनकले दिए राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-rishi-sunak-resigns_6618427_BZpKhZd1mj_cvblpz3dyl1hwa7kp7jekvl87fikb8ulv46tkx7wzyhgsbpxlgpehhxquonx_nN6Ckdn5Iv_ojic0xoqeyddytc6ouyehp4pgys5w4dsjj7wq22umlxtme4uok0hb2bzvxcn.jpg)
चुनावमा पार्टीको लज्जास्पद हारसँगै ऋषि सुनकले दिए राजीनामा
![दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार
![मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवसहित ४ जनाविरूद भ्रष्टाचार मुद्दा दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_15-55-23-740_y5hceqvwV3_qxn1f4ex9k3zkjt2wmhzc02wwuabvsepjvnto38jdkv2yfrcrkc1xl4jjlzb_pbg38Wq8nf_x99vkpot0cqt6you0cyk6bjfetmd7pvwwhum1keiz2bgmrotqhwcgbe67aqa.jpg)
प्रतिक्रिया