कोपा अमेरिका २०२४ : ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा

कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।

बुधबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समुह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् ।

यस खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरुवाती अग्रता लिएपनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि समुह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।

समुह डी मा रहेका कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।