एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/see_20200613174647_zCn0apPtxo_0kxtakzc0hya2ahee7nf4arf7slte1dvn0t1qxbfhuslv1wlhdztomgg1hjy_ZDbAYBtpsK_ip1vaw2sjvbmbbcxsrzf9eyc3bdsd92cgf4bhrejs6vovrhbv9utirjys2hh.jpg)
हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।
जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् । जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ । एकाइ प्रमुख रुद्र शर्माका अनुसार मध्यविन्दुको संस्थागततर्फ तमासपुरको सनराइज इङ्ग्लिस स्कुल र वल्र्ड लाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् ।
त्यस्तै, सामुदायिकतर्फ रत्नराज्य माध्यमिक विद्यालय र प्राविधिक धारको जनता माध्यमिक विद्यालय अरुणखोला छन् । सन्राइजले सात विद्यार्थी, वल्र्ड लाइटले छ विद्यार्थी, रत्नराज्यले आठ विद्यार्थी तथा जनता माविले २२ विद्यार्थी एसइईमा सहभागी गराएकामा सबै विद्यार्थी ‘अनुत्तीर्ण’ भएका एकाइ प्रमुख शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी विनयी त्रिवेणीमा एक÷एक संस्थागत र सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । उहाँका अनुसार विनयी त्रिवेणीको संस्थागततर्फ दाउन्नेको अहिंसावादी महाबौद्ध अनाथ माध्यमिक विद्यालय तथा सामुदायिकतर्फ कुदापानीको भवानी माध्यमिक विद्यालयले एसइईमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । अहिंसावादी विद्यालयबाट चार र भवानी माविबाट १० विद्यार्थी एसइईमा सहभागी भएका थिए ।
जिल्लाको गैँडाकोट नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य आएको एकाइ प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार दमारको बालज्योति माध्यमिक विद्यालय र श्रीमद् रामानुज बेद विद्याश्रमको नतिजा शून्य आएको हो । बालज्योतिबाट ११ एवं बेद विद्याश्रमबाट तीन जना विद्यार्थी एसइईमा सहभागी थिए । गैँडाकोटको दमारमा रहेको विद्यालय जिल्लाकै बिकट ठाउँको विद्यालयको रुपमा रहेको उहाँले बताउनुभयो ।
हुप्सेकोटको जनता माध्यमिक विद्यालय गुहेरी र जनकल्याण राष्ट्रिय माध्यमिक विद्यालय शङ्खदेवको नतिजा शून्य आएको छ । ती दुवै सामुदायिक विद्यालय हुन् । जनता माविबाट १५ जना विद्यार्थी र जनकल्याणबाट १८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । जिल्लाको बुलिङटारबाट एसइईमा सहभागी भएका विद्यालयमध्ये गोरखकाली माध्यमिक विद्यालय अर्खला र जनजागृति माध्यमिक विद्यालय ढाडबेँसीको नतिजा शून्य आएको छ ।
नतिजा शून्य ल्याएका दुवै सामुदायिक विद्यालयमध्ये गोरखकालीबाट सात र जनजागृतिबाट चार विद्यार्थी एसइईमा सामेल भएका एकाइ प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन् । रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय मुकुन्दपुर र डेढगाउँ माध्यमिक विद्यालयबाट एसइईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका थिए ।
जिल्लामा सामुदायिकतर्फ ८७ विद्यालयबाट चार हजार पाँच सय २३ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये एक हजार आठ सय ५३ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ उत्तीर्ण विद्यार्थी ४० प्रतिशत रहेका जनाउँदै एकाइ प्रमुख शर्माले सामुदायिक विद्यालयबाट दुई हजार छ सय ७० विद्यार्थी ‘अनुत्तीर्ण’ भएका जानकारी दिनुभयो । संस्थागततर्फ ५२ विद्यालयका एक हजार चार सय चार विद्यालय एसइईमा सहभागी भएकामध्ये नौ सय ८७ विद्यार्थी उत्तीर्ण भएका शमाएको भनाइ छ ।
संस्थागत विद्यालयका विद्यार्थी उत्तीर्ण प्रतिशत ७० रहेको रहेको जनाउँदै उहाँले संस्थागत विद्यालयबाट चार सय १७ विद्यार्थी एसइईमा ‘अनुत्तीर्ण’ भएका बताउनुभयो । जिल्लामा अनुत्तीर्ण भएका तीन हजार ८७ विद्यार्थी साउनमा हुने ग्रेडवृद्धि परीक्षामा सामेल भएर उत्तीर्ण भए कक्षा ११ मा अध्ययन गर्न पाउने एकाइ प्रमुख शर्माले जानकारी दिनुभयो ।
जिल्लाका एक सय ३९ विद्यालयबाट एसइईमा सहभागी भएका पाँच हजार नौ सय २७ विद्यार्थीमध्ये दुई हजार आठ सय ४० विद्यार्थी उत्तीर्ण भएका उहाँले बताउनुभयो । जिल्लामा एसइईमा उत्तीर्ण विद्यार्थीको प्रतिशत ४७ दशमलब ९२ रहेको उहाँको भनाइ छ ।
![एसईईको पूरक परीक्षाको तयारीका लागि अनलाइन कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्पर्क नम्बर उपलब्ध गराउन अनुरोध :अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/385698316_871441244341578_5253207852707232444_n_xAHRqJoJ4Y_tpmdtzkzcgi8fhqcaftjxukltyj9lo3cqwoyqg5jexplijgcmzw7s31nyhdh_UKHy2D5SwM_kx6or4snpf6xrqfdjiuznfycjqx2aq55kscgbef46trnfnnriofrtjdbbje8.jpg)
एसईईको पूरक परीक्षाको तयारीका लागि अनलाइन कक्षा आवश्यक भएका विद्यार्थीलाई सम्प…
![‘ताकिएको जिम्मेवारी पूरा गर्न रक्षा मन्त्रालय क्रियाशील छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/Rekha-shagrma_maobadi-neta_1ZacV8uVTe_b90bggwwfowf1ip972rqqk4lzlc4zzqzrejoxhaknurriwxw0watuvfaurec_DHKxEPw2US_pqbxqnqqtjz1alloiiry7acwhqqiq6bizu8xg3jhsxbyjwdr2ty1eazzpzeb.webp)
‘ताकिएको जिम्मेवारी पूरा गर्न रक्षा मन्त्रालय क्रियाशील छ’
![अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda_n34Q7nFjcO_fvh8PGRIv6_d0Z3Xpzd88_twdemkuptyta8fvbvjl4z8d6s2wnrbgbevzddaixyk7mlx7kohz5pfymw50g_mhwYLlkdnu_sejttf7xxfzknueogto8oyzwugnxmzssj4i8f6yu4fnwz6on3pwriggrvlcn.jpg)
अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने तयारी
![वैदेशिक रोजगारीमा हुने ठगीका एक हजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप](https://snowberry.prixacdn.net/media/gallery_folder/6VNLbJrdk1plK5eqWNkcL6XwfiNqyWPoCec7qdNU_JqzWCFB55f_fnomp7chr4lf5gbp1id50ewdupbzfclorllpofv6fgz0tk18dg0b56dx4vfd_xauOsK4C7m_g1cxoguls2pp2j0uwryltyxaa2c2dsoduil4grrvjs6znfyuixn9a1gesb8p_XM9i8f7PdS_1z9ggcqt8slvfiiz7hwelfdg2cz8wd01j5o3ofd6kx0i3n3ng0lmcbd8yqqi.jpg)
वैदेशिक रोजगारीमा हुने ठगीका एक हजार ६०० भन्दा बढी उजुरीमा मेलमिलाप
![एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/male_DLwX5y0OWB_jb1uzgflp7j7r3muekv8nikt4qdxfobz2ix6umctqcwekgjyzid4mppk66dh_JteRaQeooD_v0zjpzattuhxopmsyebiyydwnxsypgnz6wp9b3f24akcys7pcit7fu406y9g.jpg)
एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा
![प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा , समसामयिक विषयमा छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/rabilamichhane-1672052045_Vw98hHWSOP_xeeqvpulevzbxwvis1a7nhctwcbrbacgtlwu7xfhljc256rhduyt0zarad6s_86Td2M1Stx_intqsil99phmkuwmcpwsfrxy4yylaoeyau51okjesqxive3tpea6ke88mfsp.jpg)
प्रतिक्रिया