काठमाडौंको स्रोहखुट्टेमा सडक भाँसियाे, मोटसाइकल बेपत्ता

काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएर मोटसाइकल खाल्डोभित्र खसेको छ ।

मोटसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।

प्रहरीकाअनुसार भाँसिएको ठाउँमा पानी जमेकाले खाल्डो नदेखिएर दुर्घटना भएको हो ।