एकीकृत समाजवादीको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने

 नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ। 

बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो। ती दस्तावेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको छ । 

सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरिनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ। महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।  महाधिवेशन बिहीबार समापन हुनेछ ।