नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/shibir1671083465_lAa3CiCkBn_lcohbbg9orqodulimehwkbnv9erhhkxszycmmphwocb8q4cvzepkvl6mu3yn_U4pqfMsjjD_bd32abbqewow2ppf1ntmzthtin2fl1zzd4iqekadqt77hm6sivprgtkvjwrc.jpg)
यहाँको नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो । नगरको ११ वटा वडाका ६३ टोलमा एक हजार पाँच सय ३५ को रक्तचाप मापन, एक हजार चार सय ८३ को मधुमेह जाँच, आठ सय ६० को अन्य जाँच गर्नुका साथै सात सय ५२ जनालाई निःशुल्क औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार चार सय ३५ जनालाई परामर्श प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको र यस कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख कुनसाङ लामाले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, मासिक घुम्ती स्वास्थ्य परीक्षण शिविर सञ्चालन, निम्न आयस्तर भएका र अति विपन्न वर्गको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यसअघि नगरले १८ वर्षमाथिका सम्पूर्ण नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । नसर्ने रोगको वृद्धिदर बढ्दै गएको जनाउँदै नगरले रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटिन परीक्षण गरी मेथिनकोट अस्पतालबाट थप परीक्षण गराई एक वर्षसम्म निःशुल्क औषधि वितरण गरेको थियो ।
यसैबीच नमोबुद्ध नगरले चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको छ । चालु आवको गत चैत मसान्तसम्मको अवधिमा १५ महिनामुनिका दुई सय ३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका दुई सय ३७ जना बालबालिकाले १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि सोमबार खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
बालबालिकाले १६ महिनासम्ममा पाउनुपर्ने खोप सो अवधिमा नपाएको भए २३ महिनासम्ममा पूरा गरिन्छ । यसअघि विभिन्न मितिमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।
![पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन](https://snowberry.prixacdn.net/media/gallery_folder/ph%2520biruwa_hlRWvD3Tfj_kvry3tj64mevemni1ruk85gcoexzb5isltion9waqrylemumbij7xv0jwlfr_UJJy3kcT2l_c68wk8ww0e1rfzn3dviggoswimu9iyqlgohpsc7juoagqtljgz582wtorfij.jpg)
पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन
![मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Madi%2520pul%2520Photo_xzD4QDcR52_fbxqjgd7ewdy5tl6fx9dxh5hyyxvgj4jten6w9evkcylxaymxperps3wm1rp_zuRY8HXejW_thltgxoa3glp6jnrxhw4dvrurebkdpzl2a6qi10k72gdiexscgfpgaiaf458.jpg)
मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै
![वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी आफ्नी श्रीमतीसहित टोली नै लिएर अष्ट्रेलिया भ्रमणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/yubaraj-adhikari1659604571_YPLyC8yc6d_24ccly80pcn7lyxzgplo33fopjch2uh4azdhqityt9fgitdzze1vx1xoyczi_vuIjPkgE5X_qtq8qul7vmxq8e4s4xtp13u1xbgv7nslv0cf4xut4tj5mw7vmi8vregrc8dg.webp)
वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी आफ्नी श्रीमतीसहित टोली नै लिएर अष्ट्र…
![राजीनामा बुझाउन गएका मन्त्रीहरूलाई लुम्बिनीका मुख्यमन्त्री महराले बिदाइ भोज खुवाइदिए](https://snowberry.prixacdn.net/media/gallery_folder/jokhbahadur-1712460420_VTFnxoqf8F_a97xzmjtknrjv03zzgmhjalih0arnly8djxqouu6evp7rkwknqujqr9mwknq_u0XPTdrru3_igmx4vmfjne6ajmivile9yuazk1mauzwfb5cznourefdip5kheuw3g2ls2je.jpg)
राजीनामा बुझाउन गएका मन्त्रीहरूलाई लुम्बिनीका मुख्यमन्त्री महराले बिदाइ भोज खु…
![बाइडेनमाथि राष्ट्रपतिको उम्मेदवारी छोड्न दबाब](https://snowberry.prixacdn.net/media/gallery_folder/joe-biden-rejects-growing-pressure-to-abandon-his-campaign-vows-to-stay-to-the-end_aq7ar12fTK_dba4bsfiwfupalyrl7iygtopoenwkht7ffbfnlqtlqve9py547jxtpyxpw9b_aRXSmjzKNf_pgohq2hcayumc5vyidkjuumijhxa2vkwgye8f9gnrgfkkgl3wsa6vawfxgmj.webp)
बाइडेनमाथि राष्ट्रपतिको उम्मेदवारी छोड्न दबाब
![शिक्षामन्त्री श्रेष्ठमाथिकाे दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान सुरू](https://snowberry.prixacdn.net/media/gallery_folder/sumana_shrestha-1709776447_2ZxH9ThRd6_lwtaivojfyijvc6nvu9cacbukdj5cgukzy7iorqylmjc1rwmizswggnqgqpw_LS0CFabnlv_ckwevh5ph9stulr4uqolxh0mdf8s1wtpgdgggbezghpbkdrje5whdcacbcic.jpg)
शिक्षामन्त्री श्रेष्ठमाथिकाे दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान सुरू
![सुनसरीमा आँप उत्पादन घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/mangoo_nRqLaMKIhM_eo2wckxekfmsv6edmokekhclwjz81woza7heqekqn4xq94s60cd1rmubnmv1_foxAReAIzB_vqev8i8lz7cyii6qpadtnpdtb789sfcfuqtspkvlr6nzhuq3nhtibqameac1.jpg)
सुनसरीमा आँप उत्पादन घट्यो
![जिल्ला प्रहरी कार्यालय खोटाङका बाढी र पहिरोको उच्च जोखिममा](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-baitadi_0_L3CSZlCBRp_nmaynfnpayzzqzlclhweavyvpdgfxsrsjc05psyza9jeds3zw3h5ssvf11tf_r62Nm0JLx1_aypmvxumkz0d56jmpx9396wb8flb6w1sy3jypent3pqaye77adxlhazewhja.jpg)
प्रतिक्रिया