भारतको उत्तरप्रदेशस्थित हाथरशमा भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

भारतको उत्तरप्रदेशस्थित हाथरशमा भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ।

हाथरसको पुलराई गाउँमा मङ्गलवारका दिन आयोजना गरिएको एक सत्सङ्घको क्रममा भागदौड मच्चिदा ११६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

सत्सङ्घ पछि आफूलाई भगवान विष्णुको आशिर्वाद बताउने भोले बाबा नामक उक्त गुरु फरार रहेको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सत्सङ्घमा एकदेखि डेढ लाख मानिसहरू भेला भएका थिए। प्रहरीले आयोजकमाथि छानबिन सुरु गरेको छ भने फरार रहेका उक्त गुरुको पनि खोजी सुरु गरेको छ।