युरोकप २०२४ :  नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा प्रवेश

 नेदरल्यान्ड्स युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा अन्तिम आठमा पुगेको हो।नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। उनले जावी सिमोन्सको पासमा गोल गरे। ६३औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन। ८३औं मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए।

टर्की युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जर्मनीको लाइप्जिगमा बुधबार बिहान सम्पन्न खेलमा अष्ट्रियाामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। यता अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले गरेको गोल सान्त्वना बन्यो।

यो जितसँगै अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३–० गोलको सहज जित हासिल गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो।खेलको पहिलो मिनेटमै डेमिरलले गोल गर्पछि टर्कीले पहिलो हाफभरि एक शून्यको अग्रता बनायो। 

दोस्रो हाफको ५९औँ मिनेटमा पुन डेमिरलले गोलगरेपछि टर्की खेलमा २–० ले अघि बढ्यो। तर, ६६औं मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए। ।

त्यसपछि बाँकी समय थप गोल नहुँदा टर्की विजयी भयो।