कोपाअमेरिका २०२४ : क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्न ब्राजिल र कोस्टा रिकाबिच प्रतिस्पर्धा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/image_24N8XkE9kX_jh9d7wdc9xbatkmm8vkqcaxq0bnnee3jpgwn8fpogtw8wdtltjuxvx7nflg9_iJwVgXumOH_lzjvxchhdseg1vrmfqtws85a0dfwbchrdiauqkn1y2vtxkhc61ahrabqc1ot.webp)
कोपा–अमेरिका फुटबलको ४८औँ संस्करणमा बुधबार समूह ‘डी’अन्तर्गत अन्तिम चरणको दुई खेल खेलिँदैछ । बुधबारको खेलमा ब्राजिलले कोलम्बियाको र कोस्टा रिकाले पाराग्वेको सामना गर्नेछन् । दुवै खेल नेपाली समय अनुसार, बिहान ०६ः४५ बजे सुरु हुनेछ ।
यी दुई खेलसँगै कोपा–अमेरिका फुटबलको जारी संस्करणको क्वर्टरफाइनल समीकरण पनि पुरा हुनेछ । यी दुई खेलबाट क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ । सातवटा टोली भने यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
समूह ‘ए’बाट अर्जेन्टिना र क्यानडा, समूह ‘बी’बाट भेनेजुएला र इक्वेडर, समूह ‘सी’बाट उरुग्वे र पानामा तथा समूह ‘डी’बाट कोलम्बियाले यसअघि नै अन्तिम आठमा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले विश्व फुटबलको हस्ती ब्राजिलका लागि क्वार्टरफाइनलमा पुग्न यो खेल निकै महत्त्वपूर्ण छ ।आफ्नो अन्तिम खेलमा कोलम्बियासँग पराजित भए सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलको क्वार्टरफाइनल यात्रा सङ्कटमा पर्नसक्छ । समूह ‘डी’ तालिकामा अघिल्ला दुवै खेल जितेको कोलम्बिया ६ अङ्कसहित पहिलो स्थानमा छ ।
कोलम्बियाले पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले र दोस्रो खेलमा कोस्टा रिकालाई ३–० गोलले हराएको थियो । ब्राजिल भने एक खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्दै चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।बुधबारको खेलमा कोलम्बियालाई हराएमा सात अङ्कसहित समूहको विजेता बन्दै ब्राजिल अन्तिम आठमा प्रवेश गर्नेछ । उक्त खेल बराबरीमा सकिए पनि ब्राजिल पाँच अङ्कसहित समूह उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ । तर, उक्त खेलमा पराजित भए ब्राजिलले कोस्टा रिका र पाराग्वेबिचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।
ब्राजिल आफ्नो पहिलो खेलमा कोस्टा रिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने ब्राजिलले पाराग्वेलाई ४–१ गोलले पराजित गरेको थियो । कोस्टा रिका एक अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित भएको पाराग्वे यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।बुधबारको खेलमा कोलम्बियालाई हराएमा सात अङ्कसहित समूहको विजेता बन्दै ब्राजिल अन्तिम आठमा प्रवेश गर्नेछ । उक्त खेल बराबरीमा सकिए पनि ब्राजिल पाँच अङ्कसहित समूह उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ ।
तर, उक्त खेलमा पराजित भएमा ब्राजिलले कोस्टा रिका र पाराग्वेबिचको खेलको नतिजामा भर पर्नु पर्नेछ । एकातिर, ब्राजिलको टोली कोलम्बियासँग पराजित हुने अर्कोतिर, कोस्टा रिकाले पाराग्वेलाई हराउने स्थिति सृजना भएमा ब्राजिलका लागि अवस्था दुःखद बन्न सक्छ ।
यस्तो स्थितिमा ब्राजिल र कोस्टा रिकाको चार–चार अङ्क पुग्नेछ । त्यसपछि गोलअन्तरका आधारमा अगाडि बढ्ने टोलीको टुङ्गो लाग्नेछ । यद्दपि, अहिलेको स्थितिमा गोलअन्तरमा कोस्टा रिकाभन्दा ब्राजिल निकै अगाडि छ । ब्राजिलले विपक्षीको पोस्टमा चार गोल गरेको छ भने केवल एक गोल खाएको छ । कोस्टा रिकाले एक गोल पनि गर्न सकेको छैन भने तीन गोल खाएको छ ।
विश्व फुटबल महासंघद्वारा जारी गरिएको पछिल्लो वरीयतामा यी चार टोलीमध्ये ब्राजिल सबैभन्दा अगाडि छ । पछिल्लो फिफा वरीयतामा ब्राजिल चौथो, कोलम्बिया १२औँ, कोस्टा रिका ५२औँ र पाराग्वे ५८औँ स्थानमा छन् ।कोपा–अमेरिका फुटबलको इतिहासलाई हेर्दा यी चार टोलीमध्ये ब्राजिल सबैभन्दा बलियो देखिन्छ । ब्राजिलले हालसम्म नौपटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ । ब्राजिलले सन् १९१९ मा पहिलो र सन् २०१९ मा अन्तिम पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।
यसैगरी कोलम्बियाले एकपटक कोपा–अमेरिकाको उपाधि जितेको छ । कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि हात पारेको थियो । पाराग्वेले पनि दुईपटक कोपा–अमेरिकाको उपाधि जितेको छ । पाराग्वेले सन् १९५३ र सन् १९७९ मा उपाधि जितेको थियो । कोस्टा रिकाले भने हालसम्म कोपा– अमेरिकाको उपाधि जित्न सकेको छैन । हालसम्म ब्राजिल र कोलम्बियाबिच अन्तर्राष्ट्रिय फुटबलमा कुल ३६ खेल खेलिएको छ । त्यसमध्ये २१ खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । केवल चार खेलमा कोलम्बियाले ब्राजिललाई हराउन सकेको छ । ११ खेल भने बराबरीमा सकिएको छ ।
सन् १९४५ को जनवरी २१ मा यी दुई राष्ट्रबिच पहिलो पटक भिडन्त भएको थियो । त्यो खेलमा ब्राजिलले कोलम्बियालाई ३–० गोलले हराएको थियो । सन् २०२३ को नोभेम्बर १६ मा यी दुई टोलीबिच अन्तिम खेल भएको थियो । त्यो खेलमा कोलम्बियाले ब्राजिललाई २–१ ले हराएको थियो ।
कोस्टा रिका र पाराग्वेबिच भने हालसम्म नौवटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा कोस्टा रिकाले पाराग्वेलाई हराएको छ । तीन खेलमा पाराग्वेले कोस्टा रिकालाई पराजित गरेको छ । बाँकी तीन खेल भने बराबरीमा सकिएको छ ।
![मेसी र स्वरेज बिना अमेरिकन मेजर लिगमा इन्टर मियामी विजयी](https://snowberry.prixacdn.net/media/gallery_folder/USATSI_23651607_Hpk5ytTAFu_esfbbfrj4p3il2vmeffu9qsqig262wuvl7fxp9r2wp4gqmti8cfgjt6zxqmt_vvToPJbnJP_sddxqm6brwbfojq6gxv2qe9atqxm8p6ewsemx0dwdlszrcikpltxddxdf5vy.jpg)
मेसी र स्वरेज बिना अमेरिकन मेजर लिगमा इन्टर मियामी विजयी
![कोपा अमेरिका २०२४ : ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/brazil-2_CUQJ9AUrsz_8buh8u3ahfibgepxsxztx3hwnxc32tokmmu6hquqddhyffspnegtmr5htngb_SjDR0ZLKIk_jrykmgwn5wc05u8sxfcegvkka8zjorhya8ken9sjfwlhaal43wmbafe3a9ko.jpg)
कोपा अमेरिका २०२४ : ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा
![युरोकप २०२४ : नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/r1260969_1296x729_16-9_cFc1yogJn1_iahpk7kix5skfkh85uon621ifdwbbdad1yvue0r3s9hnuwino6dbyw2nac2j_Wru69aXR58_c7vpe52tqboisodj7a564sfewlfmv23m4azvwkkac6tsuzslpesxa20yel1l.jpg)
युरोकप २०२४ : नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा प्रवेश
![कोपा अमेरिका २०२४ : उरुग्वे र पानामाले क्वाटरफाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520105930_OShDy1GxBU_xcvz21o3eq8m17rkzprsj7l4q2r52hirp5ukvrbd5hononlolhsbkmzhtje0_oRDUC1YSje_5ih3icomjibhuox7cilwozhl8yd6iekpgeeltarltp3d7xbnvtpokr5dya0e.png)
कोपा अमेरिका २०२४ : उरुग्वे र पानामाले क्वाटरफाइनलमा
![युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/2160111107.0_3quoN4QmDN_toff6nqmpnafrr272p7t8beb4oocpcd372k1xf89wgabkxofbdyxre08dqfm_3rvR6qruXZ_kckrawjueritcawahbtgtwxejabij0egrg1ay3ilq5hea2e2xnww0t4f2z8x.jpg)
युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश
![टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करामले खुलेर बोले](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-01_22-40-59-507_w1Q7akzTLQ_bhmlbtkz0esdz7n95t3zcy6h2uttdpi3tgz95tuxhktcvwkoqgxc7tjfdpgi_qL6j2TlrWN_uqwiwyhq3lvwe4mfgzdbwpmmsagl62l3fhnofjqwre3fgqvnzdfhi6sve431.jpg)
टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करा…
![युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Ronaldo-12f392fe22d601600f1bca782dda7923_7Zfmtl2ezW_f7mkkqsepzbxilnumh9ilp8atcmacttb0vltdkczz7kevejbw7pdmv5suzqm_gDLtdYpGED_qpwsqpkhiowjvx6j8n3bqqqhb1wi5wx0wnab0yis0atf0sd3zo8gmrq5np95.jpg)
युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
![कोपा अमेरिका २०२४ : भेनेजुएला अन्तिम ८ मा](https://snowberry.prixacdn.net/media/gallery_folder/Venezuela_OYrwjxHem5_6mx1joznm4klddtrwbbzidakvucgu5rflxfpo6pjbgteignkz13pivydxz7q_XDqRHSBrHn_q7e3fmdskmibxdjj1kquixrwxujlw52qevkoo3sesaf4x2xpuz5wxgb3eba6.webp)
प्रतिक्रिया