बाराका क्याम्पस प्रमुख कुशवाहाका हत्या गरेको आरोपीमा प्रहरीले हतियारसहित पक्राउ

बाराको कलैयास्थित रामराजा मोविशा बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण प्रसाद कुशवाहालाई गोली हानी हत्या गरेको आरोपीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

बाराको बारागढी गाउँपालिका–५ पथरा टोलमा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमार हतियारसहित पक्राउ परेका हुन्।

गत जेठ ३२ गते सवा ५ बजेको समयमा आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी तत्कालीन क्याम्पस प्रमुख ५० वर्षका हरि भुषण प्रसाद कुशवाहाको गोली हानी हत्या भएको थियो।

उनले हत्यापछि बारीमा गाडेका २ वटा पेस्तोल र १ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ।

उनीविरुद्ध ज्यान सम्बन्धी तथा हातहतियार खरखजाना सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप भई अनुसन्धान थालेको छ।