साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढ्याे

 साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । सञ्चालक समितिको आजको निर्णयअनुसार नुनको मूल्यवृद्धि गरिएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जारी गरेको सूचनामा उल्लेख छ ।


मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो । नयाँ मूल्यसूची अनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नु पर्नेछ । यसैगरी उपभोक्ताले न्यु शक्ति नुन प्रतिकिलो २० रुपैयाँमा किन्नु पर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियतरुपमा उपलब्ध गराउँदै आएको छ ।