गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-1_XTBQ2hAXuG_s0okzk28juy7u6zsdj6rzacuq6ksquatjm9bkzqwgtltayindxqsb0xarz59_xpw0kTksvi_girsnvmkqr6llvsmgazqitrdyhggpb1wtahnfo1bbpj2gzkyqxaxpu0gcznh.jpg)
काठमाडौँ, १८ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको उद्घाटन गर्दै उहाँले गणतन्त्र स्थापनामा गिरिजाबाबुको योगदान सधै चिरस्मरणीय रहने बताउनुभयो ।
सभापति देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनःस्थापनाका साथै गणतन्त्र प्राप्त उल्लेख गर्नुभयो । “गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । विद्यार्थी कालमा गिरिजाबाबुकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको उहाँले बताउनुभयो ।
गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको उहाँले बताउनुभयोे । प्रजातन्त्रबाट लडेर देशमा गणतन्त्र ल्याउन सफल भएको व्यक्तिका रुमपा गिरिजाबाबु भएको सभापति देउवाले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेताले अभिरुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।
![आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/Map_zdf6q1oBFx_xswieo12b6zweo9omhha1uewuqpk582kapw7xvi4mtdoakqk0zdjrqn2yf0v_8JyS5K1EIA_cqbc7tckvzn0gvatxobb40wagtqynqbimcncs1gpcbppbkqjfvcwdinkbpq0.jpg)
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना
![वर्षाले पुष्पलाल लोकमार्गमा क्षति](https://snowberry.prixacdn.net/media/gallery_folder/lokmagra(2)_rceP7mHJRU_qpwjojtjxzd7s7ajsv5bswdczrrxiwxzgapxvujkdxwjszus14d9vgbtx8iv_NcWXF7ZK1C_9z4gazfzajayvvjmo4ymsf8pt4yirxebkmiusztkd4vhgp2sogakx4qeovp5.jpg)
वर्षाले पुष्पलाल लोकमार्गमा क्षति
![जुम्लामा चट्याङ लागेर ५४ भेडा मरे](https://snowberry.prixacdn.net/media/gallery_folder/veda_1598335675_4gE0WJzRWD_wgzzlxi6ftomlox26ddatbxgwltybdekpd53crelotfpp63jc3xxjxu3amsn_iICU3SGs46_uqe4jfpclhxlycxtr5ytkppl4xm68lh38dmis9qvv11ews4sna5cwgqltqla.jpg)
जुम्लामा चट्याङ लागेर ५४ भेडा मरे
![नेकपा एमालेका मन्त्रीहरू बागमती प्रदेशबाट पनि बाहिरिने तयारिमा](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-pradesh-mukhyamantri-office_rUhxKwJBzb_zmk31lcrxgx6v8g5qtrzki7ylr8ysz2q1piqxkvqpeead6wch82kcsztc2qw_PIs4gAbR9f_z8ctpk8qguusi5kus77puhybubmfxmhp35ovzxh6meqbzn0k7azzthbwkyxa.jpg)
नेकपा एमालेका मन्त्रीहरू बागमती प्रदेशबाट पनि बाहिरिने तयारिमा
![रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
![देउडामा रमाए महाधिवेशन प्रतिनिधि](https://snowberry.prixacdn.net/media/gallery_folder/deuda%2520(1)_vEklSNWBgm_uadgtdid0m4wqydrxnxiftn2pfgynqzlih9dzdzxnhz3wjwu4rimsz5qelh2_KC2Jvjo2Fc_dxkl1vvnopv1nvj9kvdtt2tevymt4osemns7mlsnb5i8zmzdu73xz7l3tj6b.jpg)
देउडामा रमाए महाधिवेशन प्रतिनिधि
![यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/Cabinate-meeting-new_MWkBhy8oIa_ygln0lx4brezqzfmqjum7kqfwit1qchumio1wej90mmt21ekhicnynncld3c_KfKTBzuBht_dkkq7cukuiwkqqgbkfwxvih6zqrftpe89upfjnvx0andnvcmk6xorndufl6s.jpg)
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/barnan%2520briefing_fXGnDt7XAm_a71zsn9trvhldjztjovvw51qnzgfpbb0pjqjchagrckzv496ob1ofdk6qoqb_1sRvvgspMX_bcnoq8hdcmclwsdtqe21lyfahtfxdh9qsfwci1lbymenikv2db2xksjkopsb.png)
प्रतिक्रिया