कांग्रेस सभापति देउवाले बोलाए प्रमुख तीन दलका शीर्ष नेताको बैठक

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।

बैठक बुढानिलकण्ठ निवासमा होकि अन्यत्रै भन्ने जानकारी गराइएको छैन । राष्ट्रिय सरकार निर्माणका विषयमा छलफल गर्न एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी बैठकमा सहभागी हुन आग्रह गरेका छन् । राष्ट्रिय सरकार बनाउने विषयमा तीदलको बैठकमा प्रधानमन्त्री जाने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । देउवाले एमाले र माओवादीबाहेकका दालसँग पनि छलफल गर्दैछन ।

साना दलका नेतालाई बुढानिलकण्ठ निवासमा साँझ बोलाइएको छ ।