छायानाथका प्रमुख प्रशासकीय अधिकृत सारुसमेत १० जनालाई सफाइ

मुगुको छायानाथ रारा नगरपालिकामा भ्रष्टाचार भएको मुद्दामा सबैलाई सफाइ दिने फैसला भएको छ । मंगलबार विशेष अदालतले यस मुद्दाका सबै प्रतिवादीहरुलाई सफाइ दिने फैसला गरेको हो । 

नगरपालिकाको वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नतिका क्रममा २८ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको दाबीसहित मुद्दा दायर भएको थियो । गत १५ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सबइञ्जिनियर हस्तबहादुर मल्ललाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । 

यसैगरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध मुद्दा चलाइएको थियो । निर्माण अनुगमन समितिका सदस्यहरु चक्रबहादुर सावत, सदस्य हजारकला कामी, वडा नं. ८ का अध्यक्ष कर्ण रावल र तत्कालीन सदस्य पशुपति शाहीलाई पनि प्रतिवादी बनाइ मुद्दा चलाइएकोमा सबैले सफाइ पाएका हुन् । 

ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता भएको भेटिएको थियो । मानिसबाट गराउनुपर्ने अर्डिनरी स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङका काम मेसिनबाट गराइएको, खन्ने कार्यमा पनि मेसिन प्रयोग गरिएको भेटिएको थियो । 

लागत स्वीकृत गराउँदा मानिसबाट गराउने भनी गराइएकोमा मेसिन प्रयोग गरी २८ लाख ६२ हजार रुपैयाँ अनियमितता गरेको अभियोग उनीहरुमाथि थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला आएको हो ।

कुनै व्यक्तिलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न मिल्दैन :  सर्वोच्च

कुनै व्यक्तिलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न मिल्दैन :  …

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने

न्याय परिषदले आठ जना जिल्ला न्यायाधीश

न्याय परिषदले आठ जना जिल्ला न्यायाधीश

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : दैनिक पत्रिकाका प्रकाशक र ठेकेदार मन्सुर दोषी ठहर

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : दैनिक पत्रिकाका प्रकाशक र ठेकेदार मन्सुर दो…

पर्सा र तनहुँका शिक्षकले बुझाए नक्कली प्रमाणपत्र, विशेषले सुनायो सजाय

पर्सा र तनहुँका शिक्षकले बुझाए नक्कली प्रमाणपत्र, विशेषले सुनायो सजाय

अदालतद्वारा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

अदालतद्वारा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको सजायसम्बन्धी निवेद…

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकियाे

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस…