२० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारकाे छापा

 मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको जनप्रतिनिधिले जनाएका छन् ।अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताइएको छ ।