५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग

राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग गरेकी छिन् ।


मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् । उनले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने बताइन् । पञ्चशीलको सिद्धान्तलाई लागू गर्नु पर्ने पन्तको माग छ । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।

सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न पनि माग गरिन् ।