कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुटसम्वन्धी योजना सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ggg_cO6hHRuJCq_rx0oqflgktkwz8c1ia3hiwbmxsrz7hqgsp0ndlhyvpsts1rl2f9nwsjzr1qg_lyIqZzll0R_rp4zpqizdj833kmmvsmjz5j1ncp483h7shy7sw2zln62q9tctxnhyzwfy25n.png)
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछ । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।
बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
।
![बागमती नदीमा हामफाल्न खोजेका व्यक्तिलाई प्रहरीले गर्यो उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/shankhamul-pul-1720077482_mH5680Tvbr_r0vxmqaudywpqzmnzrwnklrhv5mdgtks0ovvdhoafcjak3hsd8rtarqij1ps_ACjiBzgh1C_faetokbjiujizy8vopnq4dvjqlug6ycpuj8tuc71iasvjqfw5oz0yjktvydf.jpg)
बागमती नदीमा हामफाल्न खोजेका व्यक्तिलाई प्रहरीले गर्यो उद्धार
![रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/343186876_896925754706724_7507017619509979745_n_VCci8Pa8WU_n9zaem2z0agb1jd793k3zt3vmdsmrhh5e4rpqy1lfk3aeqmfqyntmmjpufx0_PERWu9dnYQ_dgbufbysfyamjlhz2m6rnfem4rwfley7dxnz4zbx1ygm9emnkxibng41xjdw.jpg)
रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी
![काठमाडौंको थापाथलीमा मृत भेटिएका युवक बैतडीका,हत्या भएकाे आशंका](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
काठमाडौंको थापाथलीमा मृत भेटिएका युवक बैतडीका,हत्या भएकाे आशंका
![काभ्रेकाे हार्डबेयर पसलमा आगलागी, लाखौँको क्षति](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
काभ्रेकाे हार्डबेयर पसलमा आगलागी, लाखौँको क्षति
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggggggggg_m7j3UNvghV_ubudbigtmuhoxsfgdlq2xoli4enplzixuzygubcmpqzasg0z2m2bqw1fb8jm_sXiM18UvdS_o6rgioqwcaifdznc5opowlan068mmdduzpmzv7uzzl8igcn2ag1vu8kuveuo.png)
वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
![एक घण्टा छलफल गरेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए गृहमन्त्री रवि](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi-lamichhane_faz0rPiR01_RPiOEOTqus_mgy76ikwpaqpp1may8ygrfn4g0wcjbhlh7zjsgxkxk7kevu7eeeb1hoawzr5_ptF9Nbyz9W_q0zeuollxe9zusbpxak8buvqrrrpvucyhrheitnyxum2oez4ouj0ztfetfps.jpg)
एक घण्टा छलफल गरेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए गृहमन्त्री रवि
![टर्बुलेन्स हुँदा १ जना सिलिङमा अड्किए , ३० घाइते , विमानस्थलको आपतकालीन अवतरण](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520152905_C0dduooQlM_ntuwfue94u3g5uckccnoy2a0qi2vd0nqkfkmp1khruljyijyi9ggvrqidrnn_rpwvtVgqEn_3xirfzcefchohntlelabgfli4fusk7q38u1u8juamlpukaysxcj38zwewhkh.png)
टर्बुलेन्स हुँदा १ जना सिलिङमा अड्किए , ३० घाइते , विमानस्थलको आपतकालीन अवतरण
![देशभर वर्षा, ४ प्रदेशमा मुसलधारे ,सतर्क रहन माैसम बिभागकाे आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/1713145869-kBlZ0_MFbZhzyGxe_s7fnv8hjddhd0zq11hfmlnfj9lacexc2hpezc8swnykhadmqdbslqqkbr4jb_fhEzp6OEKQ_epjhxtg3jrvn9yldi9qwi8usjebmgoiei5xco8huocdnzcjopij6ucpv7fmv.jpg)
प्रतिक्रिया