एमाले सचिवालय बैठक : मन्त्री फिर्ता बोलाउने निर्णय हुँदै

नेकपा एमालेको सचिवालयको बैठक जारी रहेको छ । नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । पार्टी कार्यालय च्यासलमा जारी रहेको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई फिर्ता बोलाउनेबारे निर्णय हुँदैछ । 

बैठकमा कांग्रेससँग भएको सहमतिबारे जानकारी दिइएको छ भने आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ । कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएका छन् ।